बारा घटनापछि ओली आक्रोशित, भने- सभा गर्न नदिने सरकारले कस्तो चुनाव गराउन खोज्दैछ?

बारा घटनापछि ओली आक्रोशित, भने- सभा गर्न नदिने सरकारले कस्तो चुनाव गराउन खोज्दैछ?

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बारा घटनामा सरकारले चरम लापरबाही गरेको बताएका छन्। ललितपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेताहरूलाई सभा र कार्यक्रममा जान रोक लगाए सरकारले कसरी चुनाव गराउने भनेर प्रश्नसमेत गरे।

'सरकारले एकातिर चुनाव गराउने भनेर आज छलफलमा बोलाएको छ। उता, बारामा जेनजीका नाममा केही विद्वानहरूले ढुंगामुढा र तोडफोड गरेर एयरपोर्ट बन्द गराए। हाम्रो सभालाई बिथोलिदिए। प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु, कस्तो चुनाव गराउन खोज्दैहुनुहुन्छ?,' उनले भने।

उनले गत भदौ २३ र २४ गते वीरगन्ज र बारा जलाउने अपराधीहरूले नै यो घटना गराएको दाबी गरे। 'एयरपोर्टमै तोडफोड गर्न दिइयो। यो देश कस्तो भयो? ५०-६० जना आएर एयरपोर्ट नै बन्द गराइदिने? के हो यो? जति बेला चाह्यो, जेनजी भन्यो, एयरपोर्ट नै बन्द गरायो। जतिखेर चाह्यो, सभा गर्न बन्द। अनि भन्छ चुनाव गर्ने। सभा गर्न नदिनेले चुनाव कसरी गर्छ?,' उनले सरकारलाई प्रश्न गरे।

उनले एमालेले अपराधीहरूलाई नियन्त्रण गर्न भनिरहेको तर सरकारले अटेरी गरिरहेको बताए। 'अस्ती वीरगन्ज जलाउने, बारा जलाउने तिनै अपराधीहरू भेला भएका छन्। किनकि तिनीहरूलाई कारबाही भएको छैन। उनीहरूको मनोबल अझै उच्च छ। तिनीहरू नै भेला भएर एमालेमाथि आक्रमण गरिरहेको छ,' उनले भने।

अध्यक्ष ओलीले दुर्गा प्रसाईंको पक्राउप्रति पनि आपत्ति जनाए। उनले भिडियो बनाउँदैमा राति-राति पक्राउ गरेकोप्रति आपत्ति जनाए। 'यो सरकारसँग सोध्न चाहन्छु, दुर्गा प्रसाईंलाई दिने जवाफ सरकारसँग छ कि छैन? यतिकै पुलिस पठाएर समातेर हुन्छ? गिरफ्तार गरेर मुख बन्द गराए समस्याको समाधान हुन्छ? विहान समाते पनि हुन्थयो नि? राति राति समात्ने? तमासा गरेर हुन्छ,' उनले प्रश्न गरे।

भिडियो हेर्नुस्:


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.