सैनिक मुख्यालयमा नेपाली र अमेरिकी सेनाबीचको 'ल्यान्डफोर्स टक' सुरू
काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबीचको 'ल्यान्डफोर्स टक' आजबाट सुरू भएको छ। भद्रकालीस्थित सेना मुख्यालयमा छैटौं संस्करणको ल्यान्डफोर्स टक सुरू भएको सेनाले जानकारी दिएको छ।
दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्यलगायतका विषयमा छलफल हुने सेनाको जनम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। कार्यक्रमका दौरान अमेरिकी सेनाका अधिकारीहरूले प्रधानसेनापति अशोक राज सिग्देलसँग भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ।
नेपाली सेनाले पेसागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भारत, चीन, बेलायत, पाकिस्तानलगायत मित्रराष्ट्रसँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएको छ। यस प्रकारका कार्यक्रमले मित्रराष्ट्रका सेनाहरूबीच रहँदै आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !