केन्द्रीय सुरक्षा समिति बैठक : निर्वाचन सेल गठन गर्ने निर्णय
काठमाडौं : केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सेल गठन गर्ने निर्णय गरेको छ। गृहमन्त्रीको आह्वान बसेको समितिको बैठकले त्यसका लागि प्रधानमन्त्री कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो।
समितिको बैठकमा निर्वाचन लक्षित सुरक्षा तयारीका विषयमा छलफल भएको गृह मन्त्रालयले जानकारी दिएको छ। बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, चारवटै सुरक्षा निकायहरूबाट सुरक्षा चुनौतीको प्रस्तुति र त्यसको समीक्षा भएको गृह मन्त्रालयले जनाएको छ।
बैठकमा फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न
एकीकृत सुरक्षा योजना, २०८२' तयार भई चारवटै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूमा पठाई कार्यान्वयन चरणमा रहेको गृह मन्त्रालयले जनाएको छ।
'निर्वाचन सुरक्षा योजना २०८२ मा प्रदेशस्तरमा प्रदेश प्रमुख सचिवको संयोजकत्वमा प्रदेशस्थित सबै सुरक्षा निकायका प्रमुखहरू र आन्तरिक मामिला हेर्ने
मन्त्रालयका सचिव सदस्य साथै सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी आमन्त्रित रहने गरी प्रदेश कमाण्ड पोष्ट तथा निर्वाचन सेल रहने प्रबन्ध
रहेकोले सबै प्रदेशका प्रमुख सचिवलाई सो मुताविक कमाण्ड पोष्ट तथा निर्वाचन सेल गठन गरी निर्वाचन सुरक्षा व्यवस्थापनमा सक्रियरूपमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत लेखी पठाउने,' निर्णयमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस !