प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.२० अंकले घटेर २५५९.८८ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ४३ स्क्रिप्सको ४ हजार ८०५ कित्ता सेयर २७ लाख ४३ हजार ८०२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १३ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो। ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !