सिमरामा जेनजीको प्रदर्शन स्थगित, अवस्था सामान्य बन्दै

सिमरामा जेनजीको प्रदर्शन स्थगित, अवस्था सामान्य बन्दै

सिमरा : बाराको सिमरामा जेनजी युवाले राजमार्ग अवरुद्ध पार्दै गरेको प्रदर्शन बिहीबारका लागि स्थगित भएको छ। कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासन र वार्तामा बस्ने सहमतीपछि जेनजी युवाले प्रदर्शन स्थगित गरेका हुन्। 

जेनजी युवा कपिल खरेलले प्रशासनसँगको संवादपछि प्रदर्शन स्थगित गरिएको बताए। उनका अनुसार प्रहरी प्रशासन र जेनजीबीच शुक्रबार वार्ता हुनेछ। 

आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग राख्दै जेनजी युवाले बिहीबार दोस्रो दिन पनि प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो। झडपमा ६ जना प्रहरी र चार जना जेनजी घाइते भएका थिए। 

प्रदर्शन स्थगित भएपछि सिमरामा बिहान ११ बजेदेखि अवरुद्ध बनेको यातायात सुचारु भएको छ। यातायात सुचारु भएसँगै सिमराको अवस्था सामान्य बनेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.