एमाले सचिवालय बैठकको निष्कर्ष- संसद पुनर्स्थापनाको सान्दर्भिकता बढेर गयो

एमाले सचिवालय बैठकको निष्कर्ष- संसद पुनर्स्थापनाको सान्दर्भिकता बढेर गयो

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठकले संसद पुनर्स्थापनाको सान्दर्भिकता बढेर गएको निष्कर्ष निकालेको छ। पार्टी कार्यालयमा बिहीबार बसेको बैठकले पछिल्लो बाराको सिमरालगायत घटनाले सरकारको औचित्य पुष्टि भएको र संसद पुनर्स्थापनाको सान्दर्भिकता बढेर गएको निष्कर्ष निकालिएको हो।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार प्रतिशोधको बाटो हिंडेको कुरालाई सिमरा घटनाले पुष्टि गरेको बताए। 'सरकार निर्वाचनको वातावरण बनाउन लागेको छैन भन्ने कुरालाई, प्रतिशोधको बाटो हिंडिरहेको छ भन्ने निष्कर्षलाई सिमरा घटनाले पुष्टि गरेको छ,' उनले भने।

उनले निर्वाचनको वातावरण बनाउनुपर्नेमा नेताहरूलाई निषेधित गर्ने, स्थान हद तोक्ने, सभा बिथोल्ने कार्य जायज नभएको बताए। 'नेताहरूलाई निषेधित गर्ने, स्थान हद तोक्ने, कार्यक्रम बिथोल्नेजस्ता कार्यले सरकार निर्वाचनको वातावरण होइन, निषेधलाई अगाडि बढाइरहेको प्रमाणित हुन्छ। यसले प्रतिनिधिसभा पुनर्स्थापनाको सान्दर्भिकता बढेर गएको छ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.