झापामा करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

झापामा करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

झापा : झापाको गौरादहमा करेन्ट लगाएर माछा मार्दा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका-६ आरतिनगर निवासी ५० वर्षीय रामकुमार ताजपुरिया रहेका छन्। 

आज दिउँसो १२:२० बजे गौरादह-६ र गौरीगंज-६ को सिमाना पर्ने रामचन्द्रे खोलामा ताजपुरिया करेन्ट लगाएर माछा मार्न गएका थिए। आफ्नो घरदेखि २०० मिटर उत्तर पश्चिम पर्ने खोलामा घरको २२० भोल्ट लाइनको तार जोडी माछा मार्ने क्रममा तार सर्ट भई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

उनलाई खोलामा मृत अवस्थामा देखेपछि उनकी श्रीमती फुलकुमारी ताजपुरियाले प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएको थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.