ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

झापा : झापाको मेचीनगरमा ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक मेचीनगर –१५ का ३८ वर्षीय विनोद राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । 

शनिबार साँझ ६ बजे मेचीनगर–१५ हेद्लुबारीस्थित भित्री सडक खण्डमा भद्रपुरबाट इटाभट्टातर्फ जाँदै गरेको प्र१–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकलले रोडको साइडमा रोकिराखेको प्र।१–०१–००१ त ९९७७ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक राउत र पछाडि सवार २१ वर्षीय निश्चल भुजेल गम्भीर घाइते भएका थिए । गम्भीर घाइते दुवै जनालाई प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो । साँझ ७:४५ बजे बीएण्डसी अस्पतालमा घाइते राउतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
यता ट्रयाक्टर र ट्रयाक्टर चालक मेचीनगर –१५ बस्ने ३० वर्षीय होप्ना हस्दालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.