भेट्ने समय उपलब्ध नगराएपछि प्रधानमन्त्रीसँग जेनजी अगुवाहरू आक्रोशित

भेट्ने समय उपलब्ध नगराएपछि प्रधानमन्त्रीसँग जेनजी अगुवाहरू आक्रोशित

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउन नपाएपछि विभिन्न जेनजी युवा समूहहरू आक्रोशित भएका छन्। प्रधानमन्त्रीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिएको विरोधमा प्रधानमन्त्री कार्कीलाई ज्ञापत्र पत्र बुझाउन उनीहरू सोमबार प्रधानमन्त्री कार्यालय पुगेका थिए। तर, प्रधानमन्त्रीलाई प्रत्यक्ष भेट्न नपाएपछि उनीहरू आक्रोशित भएका हुन्। 

प्रधानमन्त्री कार्यालयको गेटमा विभिन्न समूहका जेनजी युवाहरूको भीड बढेपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले उनीहरूको मागका बारेमा जानकारी लिएका थिए। खनालले प्रधानमन्त्रीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिएको विषय पूर्ण सत्य नरहे पनि केही सत्यता रहेको बताएका थिए। 

जेनजीले उठाएका माग जायज रहेकाले त्यसमा छलफल गर्ने उनले आश्वासन दिएका थिए। जेनजी युवा समूहहरूले भने प्रधानमन्त्रीले नै आफूहरूको कुरा सुन्नुपर्ने अडान राखेका थिए। आफूलाई भेट्न जेनजी युवाहरू मुख्य गेटमा पुगेपनि प्रधानमन्त्री कार्की भने मन्त्रिपरिषद् बैठक सकेर बाहिरिएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.