राजेन्द्र श्रेष्ठसहित नेकपामा गएका पदाधिकारीहरूलाई जसपाले जिम्मेवारी खोसेर अभिलेखबाट नाम हटायो

राजेन्द्र श्रेष्ठसहित नेकपामा गएका पदाधिकारीहरूलाई जसपाले जिम्मेवारी खोसेर अभिलेखबाट नाम हटायो
फाइल तस्बिर

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीमा गएका जसपा नेता राजेन्द्र श्रेष्ठसहितका नेताहरूको जिम्मेवारी खोसिएको छ। जनता समाजवादी पार्टीले उनीहरूको जिम्मेवारी खोसेर अभिलेखबाट नाम हटाएको जानकारी दिएको छ।

जसपा अध्यक्ष अशोक राईले विज्ञप्ति जारी गरेर श्रेष्ठसहित रणध्वज कन्दङ्वा, परशुराम बस्नेत र विभागीय प्रमुखहरू दुर्गामणि देवान, डा. पुष्पराज राजकर्णिकार र कृष्णबहादुर घलेको जिम्मेवारी खोसेर अभिलेखबाट नाम हटाएको उल्लेख गरेका छन्।

उनीहरूले आफूहरू पार्टी अलग भएको जानकारी पत्र दर्ता गराएको अध्यक्ष राईको भनाइ छ। 'यस्तो जानकारी हस्ताक्षरसहित लिखित रूपमा आएको हुँदा आजैका मितिबाट उहाँहरू जनता समाजवादी पार्टीको कुनै जिम्मेवारीमा नरहेको कुरा प्रष्ट पारिन्छ। उहाँहरूले जो जससँग व्यवहार गर्नुहुन्छ त्यो दलको तर्फबाट नभई व्यक्तिगत व्यवहार हुने कुरा पनि स्वतः सिद्ध छ। उहाँहरूलाई पार्टीको सबै जिम्मेवारी र अभिलेखबाट आजैका मितिदेखि मुक्त गरिएको जानकारी गराइन्छ,' विज्ञप्तिमा भनिएको छ।

संगठनात्मक गतिशिलता भएन भन्ने नाममा विचार बोकेर उभिन नसक्नु र छुद्र स्वार्थका लागि कसैमाथि बोझ बन्नु आत्म समर्पण भएको जसपाको ठहर छ। 'नाभीमा सुगन्ध बोकेर हावामा खोज्न हिंड्ने कस्तुरी मृगको कथाजस्तै भ्रममा परेका सम्पूर्ण साथीहरूलाई अविचलित रूपमा आफ्नो विचार र विश्वासमा उभिन र पार्टीमा क्रियाशील हुन हार्दिक अपील गर्दछु,' विज्ञप्तिमा भनिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.