निर्वाचनको विरोध गर्ने दलसमेत दर्ता भइसकेका छन्, चुनावका बारेमा आशंका नगरौं : सञ्चारमन्त्री

निर्वाचनको विरोध गर्ने दलसमेत दर्ता भइसकेका छन्, चुनावका बारेमा आशंका नगरौं : सञ्चारमन्त्री

काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताएका छन्। मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खरेलले प्रतिनिधिसभा निर्वाचनका लागि सबै दलहरू समेत तयार भइसकेको र सरकारले समेत आवश्यक सबै तयारी गरिरहेको अवस्थामा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताएका हुन् । 

निर्वाचनको विरोध गर्ने दलसमेत दर्ता भइसकेकाले निर्वाचनमा आशंका नगर्न उनले आग्रह गरे । उनले मतदाता नामावली संकलनलाई हेर्दा जनता पनि निर्वाचनमा होमिइसकेको र सुरक्षा योजना समेत तयार भइसकेको जिकिर गरे । प्रवक्ता खरेलले अहिलेको सरकार जेनजी आन्दोलनको जगमा बनेकाले प्रधानमन्त्रीले जनेजी युवाहरूलाई प्राथमिकतामा राखेको बताए। व्यस्तताका कारण प्रधानमन्त्रीले सोमबार सिंहदरबारमा जेनजी युवाहरूसँग भेट्न नसकेको भन्दै उनले जेनजीलाई वेवास्ता नगरिने स्पष्ट पारे।

त्यस्तै मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै प्रवक्ता खरेलले नेपाल पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहले पेश गरेको  राजीनामा स्वीकृत भएको बताए । बैठकले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धीत विषयमा अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन,समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय भएको उनले बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.