सीताराम विवाह हेर्न जनकपुरमा लाखौंको घुइँचो (फोटोफिचर)

सीताराम विवाह हेर्न जनकपुरमा लाखौंको घुइँचो (फोटोफिचर)

जनकपुरधाम : सीताराम विवाहपञ्चमी महोत्सवको मूल कार्यक्रम वैवाहिक समारोहमा भाग लिन जनकपुरमा अहिले लाखौं श्रद्धालुहरूको घुइँचो लागेको छ। 

मंगलबार महोत्सवको छैठों दिन जानकी मन्दिरबाट निस्केको माता सीताको डोला र राम मन्दिरबाट निस्केको भगवान रामको डोला ऐतिहासिक रंगभूमि मैदानमा गएर एक अर्काको परिक्रमा गरी स्वयम्बर विधि सम्पन्न गरिएको हो। 

स्वयम्बर कार्यक्रमका लागि मन्दिरहरुबाट निकालिएको डोलासँगै लाखौंको संख्यामा रहेका श्रद्धालुहरूले जनकपुर नगर परिक्रमा गरेका थिए। स्वयम्बर कार्यक्रम चलिरहँदा हेलिकोप्टरबाट डोलाहरुमाथि पुष्पविष्टि पनि गरिएको थियो। अहिले डोलाहरू आ-आफ्नो मन्दिरमा फर्किएका छन्। 

साँझ जानकी मन्दिरको बाहिरी प्रांगणमा बनाइएको भव्य मण्डपमा सीतारामको विवाह कार्यक्रम मैथिली विवाह विधान अनुसार सम्पन्न गरिने छ। अद्भुत विवाह समारोहमा सहभागी हुन नेपाल र भारतका विशिष्ट व्यक्तित्व, साधुसन्त र सर्वसाधारण श्रद्धालुहरूले जनकपुर भरिभराउ छ। 
nullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.