बंगलादेशी र रोहिङ्ग्या छिर्न सक्ने भन्दै झापामा उच्च सतर्कता, काँकडभिट्टामा समातिए ३७ बंगलादेशी

बंगलादेशी र रोहिङ्ग्या छिर्न सक्ने भन्दै झापामा उच्च सतर्कता, काँकडभिट्टामा समातिए ३७ बंगलादेशी

झापा : भारतको पश्चिम बंगालमा वर्षौँदेखि लुकिछिपी बसोबास गर्दै आइरहेका बंगलादेशी तथा रोहिङ्ग्या नागरिक खुला सीमा नाकाको फाइदा उठाउँदै अवैधरुपमा नेपाल छिर्न सक्ने सम्भावना बढेको छ। 

भारतको निर्वाचन आयोगले पश्चिम बंगालसहित १२ राज्यमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) सुरु गरिसकेको छ। पूर्वी नेपालको सीमासँग जोडिएको पश्चिम बंगालमा पनि एसआईआर जाँच सुरु भएपछि त्यहाँ वर्षौँदेखि लुकिछिपी बसोबास गर्दै आइरहेका बंगलादेशी तथा रोहिङ्ग्या नागरिकको उठिबास भएको छ। 

अवैध प्रक्रियाबाट आधार कार्ड, पेन कार्ड र मतदाता परिचयपत्रसमेत बनाएर बसोबास गर्दै आइरहेका बंगलादेशी तथा रोहिङ्ग्या नागरिकले एसआईआर जाँचमा पुरानो कागजात देखाउने नसक्ने डर कारण अहिले धमाधम भारत छाडिरहेका छन्। भारत छाडिरहेका उनीहरू खुला सीमाका कारण नेपाल प्रवेश गर्न सक्ने प्रबल सम्भावना बढेको सीमा विज्ञहरू बताउँछन्।

एसआईआरका कारण कोलकातासहित उत्तर चौबिस परगाना जिल्लाहरूमा बसोबास गर्ने हजारौँ सङ्ख्यामा बंगलादेशी तथा रोहिङ्ग्याहरुको उठिबास हुँदा केही गाउँ नै खाली भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। 

एसआइआरले पश्चिम बंगालमा मात्रै १० लाख नागरिकको मतदाता परिचयपत्र खारेज हुन सक्ने अनुमान भारतको निर्वाचन आयोगले गरेको छ। त्यही कारणले कोही आफ्नै देश फर्किरहेका छन्, भने कोही त्यहाँबाट अन्यत्र पलायन हुन खोजिरहेका छन्। अन्यत्र पलायनहरू नै नेपाल प्रवेश गर्न सक्ने भन्दै खुला सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। 

विशेष गरी झापा जिल्ला पश्चिम बंगालसँग पनि जोडिएको कारण सीमा नाका उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ गण हेडक्वार्टर झापाका एसपी तुलबहादुर भण्डारीले जानकारी दिए। एसआईआरका कारण पश्चिम बंगालमा लुकीछिपी बस्ने गैरनागरिकहरु नेपाल छिर्न सक्ने आशङ्का छ। 

१४४.२ किलोमिटर खुला सीमाका कारण सीमा सुरक्षामा चुनौती धेरै छ। ‘गुल्म र बिओपीहरुमा जनशक्ति अभावका कारण सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ रिजर्भ गण हेडक्वार्टर लखनपुर झापाबाट पनि थप जनशक्ति मगाएका छौँ,’ एसपी भण्डारीले भने, ‘बंगलादेशी तथा रोहिङ्ग्या रोक्न भारतीय एसएसबीसँग पनि सहकार्य भइरहेको छ।’

सीमा सतर्कता बढाएपनि अहिलेसम्म कोही पक्राउ नपरेकोले त्यसतर्फ विशेष निगरानी बढाइएको उनको भनाई छ।   

काँकडभिट्टा–पानीटंकी नाकाबाट ३७ बंगालादेशी समातिए

झापाको काँकडभिट्टा–पानीटंकी नाकाबाट दैनिक हजारौँ मानिसको ओहोरदोहोर हुन्छ। नेपाल तथा भारतीय नागरिकको हकमा मात्र सीमा नाकामा पासपोर्ट चाहिँदैन। त्यसबाहेक अन्य देशका नागरिक पासपोर्ट बिना भने नेपाल प्रवेश गर्न पाउँदैनन्। तर, यही नाकाबाट बंगलादेशी घुसपैठीहरु अवैध रूपमै नेपाल प्रवेश गर्न खोजिरहेका छन्। 

यसैक्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले १० महिनाको अवधिका ३७ जना बंगलादेशी नागरिकलाई पक्राउ गर्न सफल भएको छ। भारतीय सीमामा प्रवेश गर्ने नेपालीसहित हरेक व्यक्तिको परिचयपत्र एसएसबीले हेर्ने प्रावधान छ। त्यही कारणले बंगालादेशीसहित विदेश नागरिक एसएसबीको फन्दामा पर्छन्। तर, नेपालमा भने कसैको पनि परिचयपत्र यहाँका सुरक्षाकर्मीले हेर्दैनन्।

बंगलादेशको पछिल्लो राजनीतिक द्वन्द्व र भारतको एसआईआरका कारण बंगलादेशीहरु काँकडभिट्टा–पानीटंकी नाकासहित आसपासका क्षेत्रलाई सुरक्षित ठानेर नेपाल छिर्न खोजिरहेका छन्। 

एसएसबीका आइजी बन्धन सक्सेनाले भारतीय सञ्चारमाध्यमलाई जानकारी गराउँदै भनेका छन्– कि नेपाल-भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न एसएसबी हाइ अलर्टमा रहेका छन्। ‘सीमा नाकाबाट पक्राउ परेका बंगालदेशीहरु कानुनी कारबाहीका लागि बंगाल प्रहरीको जिम्मा लगाइसकेका छौँ,’ उनले भनेका छन्।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.