अशोक राई र राजेन्द्र महतोले नाउपा नेपालको जाँतो चुनाव चिन्हबाट निर्वाचन लड्न आयोगमा गराए दल दर्ता

अशोक राई र राजेन्द्र महतोले नाउपा नेपालको जाँतो चुनाव चिन्हबाट निर्वाचन लड्न आयोगमा गराए दल दर्ता

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालको चुनाव चिन्ह जाँतो लिएर तीन पार्टी सहभागी हुने भएको छ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले एकल चुनाव चिन्ह (जाँतो) लिएर चुनावमा सहभागी हुनका लागि दल दर्ता गराएका छन्।

नाउपा नेपालका संरक्षक रेशम चौधरी, जसपाका राई र रामुपाका महतो बुधबार निर्वाचन आयोग पुगेर एकल चुनाव चिन्हका लागि दल दर्ता गराएका हुन्। 
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ बमोजिम एकल चुनाव चिन्ह लिई निर्वाचनमा सहभागी हुनको निमित्त नेपालको संविधानको धारा २७१ बमोजिम तीन दललाई मान्यता दिएको आयोगले जनाएको छ। 

यसअघि तीन दलले एकल चुनाव चिन्हबाट चुनाव लड्ने सहमति गरेका थिए। विचार र सिद्धान्त मिल्ने अन्य पार्टीलाई पनि सहभागी गराउने नेताहरूले बताएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.