विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्छ : प्रधानमन्त्री कार्की

विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्ने बताएकी छन्। बुधबार कीर्तिपुरमा बसेको त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभामा विश्वविद्यालयको कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई स्वायत्तः ढंगले काम गर्ने वातावरण बनाउनुपर्ने र राजनीतिबाट मुक्त बनाउनुपर्ने बताइन्।

असारमा पारित हुनुपर्ने वार्षिक नीति कार्यक्रमका लागि मंसिर पर्खनुपर्ने अवस्था विश्वविद्यालयका लागिसमेत राम्रो नभएको उनको भनाइ छ।

प्रधानमन्त्री कार्कीले मुलुकको आर्थिक अवस्थामा सोचेजस्तो विकास हुन नसकेकाले त्यसको असर विश्वविद्यालयदेखि सबै ठाँउमा परेको बताइन्। उनले विश्वविद्यालयहरू पनि शैक्षिक र प्रशासनिक रूपमा मात्रै नभई आर्थिकरूपमा समेत आत्मनिर्भर हुनुपर्ने बताइन्। त्यसका लागि विश्वविद्यालयको नाममा भएको पूर्वाधारलाई  प्रयोग गर्न उनले सुझाव दिइन्।

प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको गुणस्तर अभिवृद्धि गर्न सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्। त्रिवि सभाले चालू आर्थिक वर्षका लागि विश्वविद्यालयको नीति कार्यक्रममा प्राज्ञिक तथा प्रशासनिक पक्षलाई पुनःसंरचना गर्ने, शैक्षिक तथा पाठ्यक्रम सुधार, परीक्षा सुधार, संस्थागत सुधार, सूचना प्रविधिमार्फत डिजिटल रूपान्तरण र अनुसन्धानका लागि स्रोतसाधनको व्यवस्था गरिने लगायतका प्रस्तावलाई पारित गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.