धर्मेन्द्रको निधनपछि हेमा मालिनीको भावुक स्टाटस- शून्यता बाँकी जीवनभर रहनेछ
काठमाडौं : बलिउड अभिनेत्री तथा भाजपा सांसद हेमा मालिनीले बिहीबार आफ्ना दिवंगत पति धर्मेन्द्रलाई भावुक श्रद्धाञ्जली अर्पण गरेकी छन्। धर्मेन्द्रलाई संझिदै उनले सामाजिक सञ्जालमा लेखेकी छिन,'धर्मेन्द्र मेरा लागि सबै थोक थिए। साथी,दार्शनिक,मार्गदर्शक,कवि जसको निधनले मेरो जीवनमा अपूरणीय शून्यता छोडेको छ।'
सोमबार ८९ वर्षको उमेरमा धर्मेन्द्रको निधनपछि हेमा मालिनीको यो पहिलो सार्वजनिक प्रतिक्रिया हो। हेमा मालिनीले धर्मेन्द्रलाई आफ्ना दुई छोरीहरू ईशा र आहानाको मायालु बुबा र आफ्ना प्रिय पतिका रूपमा सम्झिन्। 'आफ्नो सहज स्वभावले उनले मेरो परिवारका हरेक सदस्यको मन जित्नुभयो। सबैप्रतिको उहाँको स्नेह र चासो सधैं स्पष्ट थियो,'उनले लेखेकी छन्।
सार्वजनिक व्यक्तित्वको रूपमा उनको लोकप्रियताको बावजुद उनको प्रतिभा,उदारता र सबै मानिसहरूप्रति उनको आकर्षणले महान व्यक्तिमाझ एक अद्वितीय आइकन बनाउन सफल भएको भन्दै उनको स्मरण गरेकी छन्।
उनले भनिन्,'मेरो व्यक्तिगत क्षतिको वर्णन गर्न गाह्रो छ। सिर्जना भएको शून्यता मेरो बाँकी जीवनभर मसँगै रहनेछ। यति धेरै वर्षको साथपछि म ती विशेष क्षणहरूलाई सम्झनाहरूमार्फत् मात्र पुन:जीवित गर्नेछु।'
प्रतिक्रिया दिनुहोस !