प्रधानमन्त्रीलाई एमालेले भन्यो- निष्पक्षता र भयरहित निर्वाचन हुन्छ भन्नेमा हामी विश्वस्त हुन सकेका छैनौं

प्रधानमन्त्रीलाई एमालेले भन्यो- निष्पक्षता र भयरहित निर्वाचन हुन्छ भन्नेमा हामी विश्वस्त हुन सकेका छैनौं

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख दलसँग संवाद थालेकी छन्। बिहीबार प्रधानमन्त्री कार्कीले नेकपा एमालेका नेताहरूसँग निर्वाचन केन्द्रित छलफल गरेकी हुन्।

एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी छलफलमा प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनलाई संस्थागत गर्न आग्रह गरेकी थिइन्। उनले जेनजी आन्दोलनको मूल मर्म नै नयाँ जनादेश रहेकाले एमालेलाई चुनावी वातावरणमा होमिन आग्रह गरेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

त्यस्तै नेकपा एमालेले सरकार गठनमा भएको संवैधानिक त्रुटि र निर्वाचनको निष्पक्षताका बारेमा प्रश्न उठाएको थियो। नेता बर्तौलाका अनुसार एमालेले संसद पुनर्स्थापनासम्बन्धी सर्वोच्च अदालतमा एमालेसहितका रिटहरू परेको र त्यसको अन्तिम किनारा लग्नुपर्ने बताएको थियो। देशमा भइरहेको विभिन्न घटनाले पनि निर्वाचनको वातावरण बनिनसकेको एमालेको भनाइ थियो।

'सरकार गठनका विषयमा केही संवैधानिक प्रश्नहरू छन्। अदालतमा हामीसहितका रिटहरू परेका छन्। त्यो टुंगिन जरुरी छ। निष्पक्षता र भयरहित निर्वाचन हुनुपर्छ भन्ने हाम्रो भनाइ हो। त्यसमा हामी अझै विश्वस्त हुन सकिरहेका छैनौं। शान्ति, सुरक्षाको वातावरण बनिसकेको अवस्था छैन। दलहरू जनताका बीचमा जानसक्ने परिस्थिति बन्नुपर्छ। तर, आजको दिनसम्म त्यो परिस्थित बनिसकेको छैन,' प्रधानमन्त्री कार्कीलाई भनेको भनाइ उद्धृत गर्दै नेता बर्तौलाले भने।

उनले निवर्तमान आईजीपी चन्द्र कुवेर खापुङले फुली उतार्ने वित्तिकै स्थानहद तोकिनुले प्रहरीको मनोबलमा असर गरेको बताए। एमालेले फरार कैदी र लटिएका हतियारका विषयमा पनि प्रश्न उठएको नेता बर्तौलाले बताए।

'आईजीपी अवकास हुनेवित्तिकै जसरी उहाँलाई स्थानहद तोकियो। त्यसले सुरक्षाकर्मीको मनोबललाई ठूलो असर पारेको छ। यसले कस्तो खालको सुरक्षा चुनौती निम्त्याउने विषयमा पनि प्रश्न गर्‍यौं। भागेका कैदीबन्दी र लुटिएका हतियारका विषयमा पनि प्रश्न गर्‍यौं,' नेता बर्तौलाले भने। 

उनले एमालेले लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनमा सहभागी हुन दल दर्ता गराएको प्रष्ट पारे। 'हामीले लोकतान्त्रिक पार्टी भएकाले जनताका बीचबाट अनुमोदित हुन चाहन्छौं। हामी चुनावमा जान डराएका छैनौं। वातावरण खोजेका मात्र हौं,' उनले भने। उनले एमाले सरकारको काम कारबाहीबाट १० प्रतिशत पनि सन्तुष्ट हुन नसकेको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.