निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउन सेनालाई प्रधानमन्त्रीको निर्देशन

निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउन सेनालाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुगेकी छन्। निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिन उनी जंगी अड्डा पुगेकी हुन्।

प्रधानमन्त्री कार्कीले आन्दोलनपश्‍चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभिभारा रहेको स्मरण गराउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न सैनिक अधिकारीहरूलाई निर्देशन दिएकी थिइन्।

जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी थिइन्।

त्यस्तै आगामी चुनावमा एक थोपा पनि रगत बग्नु नहुने बताउँदै प्रधानमन्त्री कार्कीले यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न निर्देशन दिएकी थिइन्। 

जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तथा नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराख्न सेनालाई निर्देशन दिइएको थियो। 

भेटमा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो। निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो। कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायत उपस्थिति थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.