वासिङ्टन डीसीमा गोली चल्दा एक नेशनल गार्डको मृत्यु
काठमाडौं : अमेरिकाको वाशिङ्टन डीसीमा बुधबार भएको गोली प्रहारमा घाइते भएका दुई नेशनल गार्डमध्ये एक जनाको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वर्षीया साराह वेकस्ट्रमले उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन्। अर्का २४ वर्षीया एन्ड्रयू वोल्फको अवस्था गम्भीर छ।
गत बुधबार स्थानीय समय अनुसार दिउँसो करिब २ बजे फ्यारागट स्क्वायर नजिकै उनीहरूमाथि आक्रमण भएको थियो। गोली प्रहारपछि २९ वर्षीय अफगान नागरिक रहमानुल्लाह लाकनवाल नाम गरेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि अनुसन्धानपछि मुद्दा चलाइने बताइएको छ।
आक्रमणमा परेकाहरू अपराध नियन्त्रण गर्न तैनाथ गरेका टोलीका सदस्य रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !
४