प्रधानमन्त्री र राप्रपा नेताहरूबीच भेटवार्ता, राजासहितको सर्वपक्षीय बैठक बोलाउन माग

प्रधानमन्त्री र राप्रपा नेताहरूबीच भेटवार्ता, राजासहितको सर्वपक्षीय बैठक बोलाउन माग

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आसन्न प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल भएको हो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशको विद्यमान समस्याहरू समाधान गरेर अगाडि बढ्न र निर्वाचन गराउन बनेको भनेर प्रधानमन्त्री कार्कीलाई स्मरण गराएको बताए। उनले निर्वाचनको वातावरण बनाउनका लागि राजा, राजनीतिक दल, जेनजी र सरोकारवालाहरूसँग पनि संबाद गरेर अघि बढ्न सुझाव दिएको बताए।

'सरकारले निर्वाचन गराउँदैगर्दा राजा, राजनीतिक दल र जेनजीहरूबीच सर्वपक्षीय संबाद गराउन जरुरी छ। त्यसले देशलाई दीर्घकालीन निकास दिनसक्छ,' अध्यक्ष लिङ्देनले भने।

उनले आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीहरूलाई पनि भोटिङ राइट दिनुपर्ने बताए। उनले यसै निर्वाचनमार्फत त्यो सम्भव रहेकाले कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको बताए। 

उनले जेनजी आन्दोलनमा सहभागी भएकै कारण पक्राउ गरेर सरकारले कारबाही गरेको भन्दै आपत्ति पनि जनाएका थिए। उनले राप्रपाले मंसिर २३ गते काठमाडौंमा ध्यानाकर्षण सभा गर्न लागेको जानकारी पनि दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.