स्वास्थ्य कार्यक्रममा लाखौं अनियमितता

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान  आयोगले मायादेवी गाउँपालिका कपिलवस्तुमा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकाल,प्रमेश्वर यादव,कृष्ण प्रसाद तिमिल्सिनासमेत ७ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ४६ लाख ७ हजार ३०० रुपैयाँ बिगो माग गरिएको छ।

अख्तियारका अनुसार मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकालविरुद्ध २० लाख १७ हजार ३००,प्रमेश्वर यादवलाई १५ लाख ९० हजार,कृष्ण प्रसाद तिमिल्सिनालाई १० लाख विगो माग गरिएको छ।

यसैगरी तत्कालीन लेखा अधिकृत प्रकाश गौतमलाई १५ लाख ६० हजार ,अधिकृत छैठौं महेन्द्र प्रसाद यादवलाई ४६ लाख ७ हजार ३००,तत्कालीन लेखापाल तुल्सीराम पौडेललाई १९ लाख १७ हजार ३००,सहायक पाँचौं गिरीराज गौतमलाज्ञ १४ लाख १० हजारलाई विगो माग गरिएको अख्तियारले जनाएको छ।

मायादेवी गाउँपालिका पकडी कपिलवस्तुमा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न पेश्की लिएको तर तोकिएका कार्यक्रमहरू सञ्चालन नगरी पेश्की लिने दिनेको आपसी मिलेमतोमा रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ।

प्रतिवादीहरूले बदनीयत राखी पेश्की रकम लिइ/दिइ गर्नुपर्ने कार्यक्रमहरू नै नगरी /नगराइ पेश्कीमाथि पेश्की लिइ/ दिइ आपसी मिलेमतोमा ४६ लाख ७ हजार ३०० रकम हिनामिना गरेको अख्तियारको ठहर छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.