मधेश प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो
नकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भएपछि प्रदेश सभा बैठक डाकिएको छ। उपसभामुख बबिता राउत ईश्वरले बुधबार बिहान साढे ८ बजेका लागि बैठक बोलाएकी हुन्।
सर्वोच्च अदालतले परमादेश जारी गर्दै २४ घण्टाभित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन भनेपछि पत्र प्रतिलिपी पाएको आधारमा मंगलबार प्रदेश सभालाई विश्वासको मत लिने वातावरण मिलाइदिन पत्र पठाएका थियो।
मुख्यमन्त्रीसँग एमालेका २४ जना प्रदेशसभा सदस्य, नेपाल संघीय समाजवादी पार्टीका एकजना र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्यको समर्थन छ। त्यस्तै कार्य व्यवस्था परामर्श समितिको बैठक बिहान ७ बजे बोलाइएको छ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि उनको नियुक्तिविरुद्ध सर्वोच्चमा तीनवटा रिट परेको थियो। यसरी मधेश प्रदेश सभाले बिहान ७ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएको छ।
प्रतिक्रिया दिनुहोस !