मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा दिएका छन्। मधेश प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्। 

नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम विश्वासको मत लिन पुगेका मुख्यमन्त्री यादवले राजीनामा दिए। 

प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले आफ्नो नियुक्तिलाई असंवैधानिक भन्दै  मधेश भवनमा अभद्र शैलीको व्यवहार र अराजकता प्रदर्शन गर्नेदेखि झण्डा फाल्ने, गमला फाल्ने, कर्मचारीमाथि हातपात, राष्ट्रसेवक प्रहरीमाथि हातपात जस्ता गद्दाजनक व्यवहार देखाएको बताए।   

उनले भने, ‘बाध्यात्मक मुख्यमन्त्रीमा नियुक्त भएपछि विश्वासको मत पाउने नपाउने ठुलो कुरा होइन। बरु चार सदस्यीय मन्त्रीमण्डल बनाएर जनताप्रति उत्तरदायित्व हुनुनै जनताको सेवकको परिचय हो।’

विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री यादवले  असंवैधानिक तथा अवैधानिक मुख्यमन्त्री नियुक्तिको नाममा बलजफती र नौटंकी जनतालाई स्वीकार्य नहुने बताए। 

मुख्यमन्त्री यादवले संघीयताको दुहाई दिने सरकारले संघीयता जननी मधेश सरकार बनाउन पनि काठमाडौंको मुख ताक्ने प्रवृत्ति  मधेशवादी शक्तिबाट भएको आरोप लगाए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.