प्रधानमन्त्री कार्की र श्रीलंकाली समकक्षीबीच टेलिफोन वार्ता

श्रीलंकाका प्रधानमन्त्रीले भनिन्- विपद् परेका बेला सहयोग पठाइदिनुभयो, आभारी छौं

श्रीलंकाका प्रधानमन्त्रीले भनिन्- विपद् परेका बेला सहयोग पठाइदिनुभयो, आभारी छौं

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा. हरिणी अमरसुरियाबीच टेलिफोन वार्ता भएको छ। उनीहरूबीच बुधबार साँझ सवा ८ बजेबाट करिब ४ मिनेट कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

सो क्रममा श्रीलंकाका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट २ लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त भएकामा नेपाल सरकारलाई आभार व्यक्त गरिन्। नेपाल सरकारले श्रीलंकामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेको थियो। 

'हामी कहाँ विपद् परेका बेला सहयोग पठाइदिनुभयो। यसका लागि धन्यवाद छ। आभारी छौं,' श्रीलंकाली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन वार्तामा भनिन्।  

जवाफमा प्रधानमन्त्री कार्कीले छिमेकी हुनुको नाताले एउटालाई समस्या पर्दा अर्काले साथ दिनुपर्ने बताइन्। 'त्यो हाम्रो कर्तव्य र धर्म नै हो। यो कठिन घडीसँग जुध्नका निम्ति हामी तपाईँहरूसँगै छौं,' प्रधानमन्त्री कार्कीले भनिन्।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलन र त्यसपछि मुलुकमा उत्पन्न परिस्थितिका विषयमा पनि जानकारी गराएका थिइन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.