प्रधानमन्त्री कार्की र हाम्रो पार्टीका नेताबीच भेटवार्ता
काठमाडौं : हाम्रो पार्टी नेपालले निर्वाचन कानुनमा दलितहरूको प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेको छ। हाम्रो पार्टीका अध्यक्ष अध्यक्ष खगेन्द्र सुनारले प्रधानमन्त्री कार्कीलाई भेटेर दलित समुदायको उचित प्रतिनिधि हुने गरी निर्वाचन कानुनमा व्यवस्था गर्न आग्रह गरेका हुन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस-आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले दलित समुदायको उचित प्रतिनिधि हुन नसकेको अध्यक्ष सुनारले गुनासो गरेका थिए।
प्रधानमन्त्री कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताइन्। समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउनुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस !