सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक, विराटनगरले सुदूरपश्चिमसँगै पहिलो क्वालिफार्यर खेल्ने

सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक, विराटनगरले सुदूरपश्चिमसँगै पहिलो क्वालिफार्यर खेल्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटको जित निकालेको छ। 

विराटनगरसँग लिग चरणको अन्तिम खेलमा हार बेहोर्दा सुदूरपश्चिमको हालसम्मको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाइदिएको हो। जितसँगै विराटनगरले पहिलो क्वालिफार्यसमा मंगलबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। 

सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्सले ११.५ ओभरमा ४ विकेट गुमाउँदै १५० रनसहित लक्ष्य पूरा गरेको हो। विराटनगरले सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य १३.४ ओभरमा पूरा गरेको खण्डमा पहिलो क्वालिफायर्रको लागि छनोट हुने समीकरण थियो। 

विराटनगरका लागि ओपनरद्वय साम हेज्जलेट र फाफ डु पेल्सिसले अर्धशतकीय पारी खेले। 

यी दुईले पावरप्लेमा ८७ रन बनाएका थिए। पहिलो विकेटका रूपमा फाफ डु पेल्सिसको विकेट गयो। उनले २० बलमा ५ चौका र ४ चौका प्रहार गरे। पहिलो विकेटका लागि फाफ डु पेल्सिस र साम हेज्जलेटले १ विकेटको लागि ९७ रनको साझेदारी गरे। 

दोस्रो विकेट साम हेज्जलेटको गयो। उनले २७ बलमा ३ चौका र ४ छक्कासहित ५१ रनमा क्याच भए।

मार्टिन गप्टिल २२ रनमा रनआउट भए। उनले ९ बलमा ३ छक्कासहित २२ रन बनाए। वसिर अहमद ८ रनमा क्याच भए। 

सुदूरपश्चिम रोयल्सका लागि अभिनाश बोहोराले २ र हर्मित सिंहले १– १ विकेट लिए। 

त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि आरिफ शेखले सर्वाधिक ४५ रनमा अविजित रहे। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

सुदूरपश्चिमले पहिलो विकेटको रूपमा ओपनर विनोद भण्डारीको विकेट गुमायो। उनले १५ रन बनाए। दोस्रो विकेट जोश ब्राउनको गयो। ६.२ ओभरमा नरेन भट्टको बलिङमा २० रन बनाउँदा ब्राउनले जीवनदान पाएका थिए। उनलाई अर्को ओभरको चौथो बलमा सन्दीप लामिछानेले २४ रनमा पेभेलियन फर्काए। 

इशान पाण्डेले ३८ रन बनाए। उनले ३५ बलमा समान २ चौका र २ छक्का प्रहार गरे। उनले तेस्रो विकेटका लागि आरिफ शेखसँग ७२ रनको साझेदारी गरे। चौथो विकेटको रूपमा हर्मित सिंह गोल्डेन डक भए। पाँचौं विकेट दीपेन्द्र सिंह ऐरीको गयो। उनले ११ बलमा २ छक्कासहित १९ रनमा क्याच भए। 

दीपक बोहरा इनिङ्सको अन्तिम बलमा ३ रनमा बोल्ड भए। 

विराटनगर किंग्सका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। प्रतिश जिसीले २ र वसिर अहमदले १ विकेट लिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.