तादीमा प्रांगारिक मल बिक्री केन्द्र सञ्चालन
नुवाकोट : किसानहरूको सुविधाका लागि नुवाकोटको तादी गाउँपालिकामा ‘प्रांगारिक मल उत्पादन तथा विक्री केन्द्र’ सञ्चालन भएको छ।
तादी गाउँपालिका-३ प्रभुडाँडामा जैविक मलको उत्पादन सुरु गरिएसँगै केन्द्रको उद्घाटन समेत गरिएको छ। उक्त केन्द्रको उद्घाटन गर्दै तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले यसबाट किसानहरूलाई आत्मनिर्भर बन्न मद्दत गरेको र अर्गानिक उत्पादनको लागि जैविक मलको उत्पादन तथा निरन्तरता आवश्यक रहेको बताए।
नुवाकोटको तादी गाउँपालिका–३ प्रभुडाँडामा रहेको जलेश्वर बाख्रा फर्मले उक्त केन्द्र निर्माण गरेको हो। सो केन्द्रमा ‘बाख्राको बड्कौलाबाट प्रांगारिक मल उत्पादन तथा विक्री सुरु भएको छ। उक्त प्रांगारिक मल उत्पादन तथा बिक्री केन्द्र कुल २५ लाख १० हजार रुपैयाँ लागतमा निर्माण भएको हो।
उक्त केन्द्रमा बागमती प्रदेश सरकारबाट १९ लाख ६० हजार रुपैयाँको सहयोग प्राप्त भएको छ भने फर्मधनी रमेशकुमार बस्नेतले ५ लाख ५१ हजार रुपैयाँभन्दा बढी निजी लगानी गरेका छन्।
प्रतिक्रिया दिनुहोस !