जनकपुरधाममा पहिलो क्याथ ल्याब सेवा सुचारु

जनकपुरधाममा पहिलो क्याथ ल्याब सेवा सुचारु

जनकपुरधाम : मुटु रोगीहरूका लागि एयरलिफटको सुविधासहित क्याथ ल्याब सेवा जनकपुरधाममा सुरु भएको छ। जनकपुरधामको आरोग्य निकेतन अस्पतालमा मुटुरोग सम्बन्धी उपचारका लागि आवश्यक पर्ने क्याथ ल्याबसहित सेवाको सुरुवात गरिएको हो। 

सेवा सुरु भएसँगै मुटुका बिरामीको मृत्युदर रोक्न सहयोग पुग्ने आरोग्य निकेतनका अध्यक्ष डा. गौराङ मिश्रले दाबी गरे। उनले क्याथ ल्याबसँगै आधुनिक आइसियु र एचडियु र सिसियु कक्ष पनि सञ्चालनमा आएको जानकारी दिए। 

डा. मिश्रले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता र संरचनागत तथा व्यवस्थापकीय सेवा सुधारका लागि अस्पतालले काम गर्नेछ। अकालमा मृत्युवरण गर्न नपरोस् तथा यहाँबाट मुटु रोगीले समयमै उचित उपचार पाउने मूल अभिप्रायका साथ क्याथ ल्याब सेवा सुचारु गरिएको डा. मिश्रको भनाई थियो।

‘गम्भीर मुटु रोगीलाई तत्कालै एयरलिफ्ट गरेर काठमाडौं वा अन्यत्र पठाउनुपर्ने बाध्यता थियो,’ डा. मिश्रले भने, ‘हृदयाघात भएका बिरामीले अब जनकपुरमै सघन उपचार पाउनेछन्।’ आरोग्य निकेतन अस्पतालमा मुटु रोग विशेषज्ञ डा. अमित सिंह र डा. राजेश साहको टिमले उपचार गर्ने अस्पतालले जनाएको छ। उद्घाटन गर्दै डा. मिश्रले क्याथ ल्याब सेवाले काठमाण्डौं रेफर गर्नुपर्ने मुटुरोगीको ठुलो समस्या समाधान भएको बताए।

मधेशको राजधानीमा कम्तीमा एउटा क्याथ ल्याब आवश्यक थियो। यसले ओपिडी र सर्जरीको लाइन घटाउने सरकारको मूल लक्ष्य अनुरूप अघि बढ्ने डा. अमित सिंहले बताए। उनले भने, ‘जनकपुरमै बिरामीको सेवाको लागि महत्वपूर्ण उपलब्धि हुनेछ।’ 

क्याथ–ल्याब प्रविधिबाट मुटुको एन्जियोग्राफि, एन्जियाप्लाष्टि, मुटुका साँघुरो भल्भ खोल्न मद्दत गर्नुका साथै मुटु बाहिरका रक्तनलीहरूमा रगत ‘ब्लक’ भएको छ छैन भनि जाँच र उपचार गर्न समेत सकिने अस्पतालले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.