भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु :प्रचण्ड

भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु :प्रचण्ड

काठमाडौं :  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएका कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताएका छन्। 

नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समिति ज्ञापनपत्र बुझ्दै संयोजक प्रचण्डले सो कुरा बताएका हुन्।

पछिल्लो सरकारको नेतृत्व गरेको अवधि चितवन,महोत्तरीलगायतका स्थानबाट भूमिहीन तथा सुकुम्बासीका समस्या समाधानको काम सुरू गरिएको भए पनि पछिल्ला सरकारले यसतर्फ आवश्यक पहल नगरेको उनले उल्लेख गरे। उनले समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता व्यक्त गरे।

नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले देशभरका भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि तत्काल पहल गर्न प्रचण्डसमक्ष आग्रह गरेको हो।

समितिका अध्यक्ष अजय वैगारसहितको केन्द्रीय कार्यसमितिले सोमबार पार्टी केन्द्रीय कार्यालय,पेरिसडाँडामा संयोजक प्रचण्डलाई भेटी ज्ञापनपत्र बुझाएको हो। दीर्घकालीन रूपमा भूमिहीन, सुकुम्बासी तथा विपन्न नागरिकको जीवनस्तर सुधारका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै समितिले त्यसका लागि सक्रिय पहल गरिदिन आग्रह गरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.