अहिलेका नेताहरूमा नेतृत्व र भिजन दुवै छैन : हर्क साम्पाङ

अहिलेका नेताहरूमा नेतृत्व र भिजन दुवै छैन : हर्क साम्पाङ

काठमाडौं : श्रम सांस्कृतिक पार्टीका सभापति हर्क साम्पाङले अहिलेका नेताहरूमा नेतृत्व र भिजन दुवै नभएको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै धरान उपमहानगरपालिकाका प्रमुखसमेत रहेका साम्पाङले अब नेतृत्व क्षमता र भिजन भएका नेता चुन्ने बेला भएको बताए।

'ती नेताहरूलाई हामीले नै चुनेका थियौं। जसले भ्रष्टाचारमाथि भ्रष्टाचार गरिरहे। बेथितिमाथि बेथिति फैलाइरहे। अन्याय, अत्याचारमाथि अत्याचार गरिरहे। त्यही अत्याचारलाई ती नेताहरूले संगठित गरे। जसका कारण नेपाली जनताले न्याय पाएनन्। अहिले पनि कस्तो नेता चुन्ने भन्नेमा हामी दोधार छौं,' उनले भने।

सत्ता सुम्पिएका नेताहरूले सिंहदरवार जोगाउन नसकेको आरोपसमेत उनले लगाए। नेतृत्वको नालायकीपनका कारण नै सर्वोच्च अदालत, संसदलगायत सरकारी संरचनाहरू ध्वस्त बनेको उनको आरोप छ। 'जेनजीहरूले उठाएका मागहरू ठीक तरिकाले सम्बोधन गरेको भए भदौ २३४ र २४ को स्थिति आउँथ्यो? जनतालाई हेप्ने, जनतालाई चेप्ने, दमनकारी नीतिकै कारण त्यो अवस्था आयो,' उनले भने।

उनले ती नेताहरू वास्तविक नेताहरू नभएको बताए। देशको सीमा, जनताको सुरक्षा, शिक्षा रोजगारी दिन नसक्ने नेताहरू अब काम नलाग्ने उनले उद्‍घोष गरे। उनले जनताको दुःख र समस्या बुझेको मान्छे मात्रै अब नेता हुनुपर्ने बताए।

'तिनै जनताको दुःख र समस्या बुझेको, देखेको पार्टी बनेर श्रम संस्कृति पार्टी बनेको हो। हामीसँग भिजन छ। जरादेखिको उपाय छ। हामी हावामा भाषण गर्दैनौं। जनताको गरिब बस्तीमा पुगेका छौं। पीडा बुझेका छौं। त्यो पार्टी आज यहाँ आएको हो। त्यो पार्टी हर्क साम्पङको पार्टी मात्र होइन, त्यो जनताको पार्टी हो,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.