बिलाइन् रोशनी, कसरी गयो ज्यान ?

बिलाइन् रोशनी, कसरी गयो ज्यान ?

जनकपुरधाम : हँसिलो अनुहार, मिठो बोली र ओजिलो स्वभावकी २७ वर्षीया रोशनी झा एक महिनाअघिसम्म सामाजिक सञ्जालमा रमाइलो भिडियो राख्ने गर्थिन्। दर्शकहरू निकै मन पराउँथे। पारिवारिक, सांस्कृतिक र मनोरञ्जनात्मक भिडियोहरू बनाएर आफूलाई चर्चित गर्ने प्रयासमा रहेकी रोशनीको मृत्युको घटना अहिले चर्चामा छ।

कहिले श्रीमान् त कहिले आफ्ना परिवारका अन्य सदस्यहरूसँग निकै मिजासिलो भई देखिने गरेकी रोशनीको हत्या तिनै श्रीमान् र घर परिवारकै सदस्यबाट भयो भन्ने माइती पक्षको आरोप छ। तर, प्रहरीले एकिन गरेको छैन। कात्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिका–४ कटैया चौरीस्थित घरमा रोशनी मृत फेला परेकी थिइन्। घरमै राति मृत फेला परेकी रोशनीको हत्या हो कि आत्महत्या ? प्रहरीले हालसम्म पत्ता लगाउन सकेको छैन।

रोशनीको हत्या गरिएको भन्ने माइती पक्षको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानका लागि उनका पति प्रशान्त मिश्रलाई नियन्त्रणमा लिएको छ। मधेस प्रदेश नीति तथा योजना आयोगमा शाखा अधिकृतमा कार्यरत प्रशान्तसँग रोशनीको सम्बन्ध राम्रै थियो। तर, के कारणले यो घटना भयो ? हालसम्म गर्भमै लुकेको छ। ‘सबथोक राम्रै थियो। मेरी पत्नी बिरामी भएकाले हामी एक महिनादेखि काठमाडौंमा उपचारका लागि थियौं। एक्कासि साँझ ६ बजे बुहारी गम्भीर घाइते भएको र उपचारका लागि अस्पताल लग्दा मृत्यु भयो भन्ने जानकारी आयो।

राति एम्बुलेन्स भाडामा लिएर जनकपुर आइपुग्यौं,’ रोशनीका ससुरा रुद्रनारायण मिश्रले अन्नपूर्णसँग भने, ‘बिहे भएदेखि घटना हुनुभन्दा एक दिन पहिलासम्म मैले बुहारीलाई कहिल्यै त्यस्तो दुःखी भएको वा छोरा बुहारीमा झगडा, विवाद भएको देखेको थिएन। हाम्रो घरकी लक्ष्मी थिइन् उनी। तर, खै के भयो त्यो दिन मलाई थाहा छैन। मेरो छोराले कसैको हत्या गर्न सक्दैन र त्यसमा पनि त्यति धेरै माया गर्ने श्रीमतीको त कहिल्यै पनि होइन्। मेरो परिवारलाई नै अहिले दोषी बनाइएको छ तर, घटनाको सत्यतथ्य बाहिर आओस् भन्ने मेरो पनि चाहना छ।’

घाँटीमा पासो लगाएर रोशनीले आत्महत्या गरेको परिवारका सदस्यको दाबी छ। तर, माइती पक्षले उक्त दाबीलाई झुटो भनिरहेको छ। ‘उसको हत्या गरिएको हो। प्रमाण नष्ट गर्नका लागि उसले लगाएको कपडासमेत जलाइएको थियो,’ मृतक रोशनीकी माइजू रजनी झा भन्छिन्, ‘घटनाको जाहेरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना बस्नुपर्‍यो, हारगुहार गर्नुपर्‍यो तर, पनि प्रहरीले हालसम्म किटानी जाहेरी दिएका प्रशान्तलाई मात्रै पक्राउ गरेको छ, अन्य आरोपीहरू बाहिरै छन्।’

पारिवारिक पक्षले पटक–पटक बयान फेरेपछि घटना शंकास्पद बन्दै गएको छ। घटना भएको दिन प्रशान्तले रोशनीकी आमालाई फोन गरेर उनी भर्‍यांगबाट लडेको र अस्पताल लग्दा मृत्यु भएको जानकारी गराएका थिए। तर, पछि प्रशान्तले नै रोशनीले आत्महत्या गरेको भनी बयान दिएका छन्। घटना भएको बेला रोशनी र प्रशान्तमात्रै घरमा थिए। यता, शव परीक्षणको रिपोर्टमा भने मृत्युको कारण पासोले घाँटी निसासिएको भनी उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.