काठमान्डु गोर्खाजले जित्यो टस, पहिला ब्याटिङ गर्ने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको एलिमिनेटर खेलमा काठमान्डु गोर्खाजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डु गोर्खाजका कप्तान करण केसीले टस जितेर लुम्बिनी लायन्सलाई बलिङको निम्तो दिएका हुन्।
अंक तालिकाको तेस्रो स्थानमा रहेको काठमान्डु गोर्खाज र चौथो स्थानमा रहेको लुम्बिनी लायन्सबीच एलिमिनेटरको खेल हुँदैछ।
यो खेलको विजेताले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग बिहीबार खेल्नेछ।
दोस्रो संस्करणको एनपीएलको फाइनल खेल मंसिर २७ गते शनिबार हुनेछ। फाइनल खेल्ने एक टिमको टुंगो लागिसकेको छ। सुदूरपश्चिम रोयल्ससँग फाइनलमा खेल्ने टिम दोस्रो क्वालिफायरपछि निश्चित हुनेछ।
प्रतिक्रिया दिनुहोस !