सहयोगको अपिल

श्रीमानको मृत्यु, न घर न सहारा : तीन सन्तानसहित जानकीको पीडादायी अवस्था

श्रीमानको मृत्यु, न घर न सहारा : तीन सन्तानसहित जानकीको पीडादायी अवस्था

बैतडी : घरबारविहीन भएकी बैतडीको सुर्नया गाउँपालिका- ४ की जानकी महरा छिमेकीको घरमा आश्रय लिएर श्रीमानको किरियामा बसेकी छन्। यही मंसिर १८ गते मिनिट्रक दुर्घटनामा परी २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको थियो । 

सुर्नया गाउँपालिका–४ को सन्सेरीमाण्डौंबाट धनगढीतर्फ जाँदै गरेको भे १ क १६३९ नम्बरको मिनि ट्रक सुर्नया गायँपालिका–५ को कठेगौडमा १८ गते राती पौने १२ बजेको समयमा दुर्घटना हुँदा चालक महराको घटनास्थलमै मृत्यु भएको हो ।

श्रीमानले भएभरको घरजग्गा बेचिदिएपछि अहिले किरिया समेत छिमेकीको घरमा बस्नु परेको जानकीले दुखेसो पोखिन्। अहिले छिमेकी दलजित महराको घरमा उनी किरियामा छन्। 

आफन्तको सहयोगमा किरिया खर्च जुटाएर बसेकी जानकी बिचल्लीमा परेको आफन्त गणेश महराले बताए । यसअघि जानकीका श्रीमान महराले रातदिन कुटपिट गर्ने गरेको र घरबार सबै बेचेर श्रीमतीलाई घरबाट निकालेको उनले बताए। 

घरबाट निकालिएकी जानकी छोराछोरी लिएर सेफ हाउसको शरणमा रहेकी थिइन् । अहिले श्रीमानको मृत्यु भएपछि काजकिरिया गर्न घर आएकी जानकी आफन्तको घरमा बास बसेको उनले बताए । 'यहाँ घरजग्गा केही छैन,सबै श्रीमानले बेचेका रहेछन्,अहिले किरिया गर्न कुटी पनि नभएर समस्यामा छिन्,'गणेश महराले भने,'हामीहरूले सानोतिनो सहयोग गरेका छौँ, अब बालबच्चा पढाउन र बस्ने समस्या छ,'महराले भने । जानकीको परिवारमा सासू ससुरा कोही छैनन् । 

श्रीमानको कुटाइ सहन नसकेर सेफ हाउसमा बस्दै आएकी जानकी झनै समस्यामा परेकी हुन् । 'श्रीमानले रातदिन कुटपिट गरेर घरबाट निकालेपछि तीन छोराछोलाई लिएर सेफहाउसको शरणमा पुगेकी थिएँ। यहाँ श्रीमानले सबै घरजग्गा बेचिदिएछन्,अब के गरूँ?,'‍उनले भनिन्।

छोराछोरीको लालनपालनमा समस्या भएको भन्दै उनले सहयोगको अपिल गरेकी छन्।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.