माछा मार्न गएका एक जना मृत अवस्थामा फेला
गोरखा : माछा मार्न गएका एक जनाको शव खोलामा फेला परेको छ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका– ५ आरुखर्क घर भई सिरानचोक ७ अर्कुलमा डेरागरी बस्ने ३२ वर्षीय दलबहादुर बरामको शव सोही ठाउँको लाङ्दीखोलामा बुधबार दिउसो फेला परेको प्रहरीले जनाएको छ।
बराम माछा मार्न एक्लै गएका र उनको माछा मार्ने क्रममा नै मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !