कञ्चनपुर कारागारका कैदी आन्दोलित, नाइकेसहित ८ जना घाइते
महेन्द्रनगर : कारागार कार्यालय कञ्चनपुरका कैदीबन्दी आन्दोलनमा उत्रिएका छन्। शुक्रबार कैदीबन्दीहरूले कारागार प्रशासन विरुद्ध नाराबाजीसहित आन्दोलनमा उत्रिएपछि कारागारका नाइके सहित आठ जना कैदीबन्दी घाइते भएका हुन। कैदीबन्दीहरूले नाइकेहरूले आफूहरूले पाउने सेवा सुविधामा आर्थिक चलखेल गर्ने र कारागार भित्र अवैध गतिविधि गर्ने गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन। आन्दोलनमा कारागारका नाइके सहित आठ जना घाइते भएको कारागार प्रशासनले जनाएको छ।
कारागारका नाइकेहरूले आर्थिक चलखेल गरेको भन्दै आन्दोलन गरेपछि वादविवाद हुँदा नाइके सहित आठ जना कैदीबन्दी घाइते भएको कारागार कार्यालय कञ्चनपुरका प्रमुख वन्दना सुवेदीले जानकारी दिए। ‘नाइकेहरूले बन्दीहरूले पाउने सेवा सुविधामा आर्थिक चलखेल गरेको भन्दै नाराबाजी गरेका हुन भीडभाडमा आठ जना घाइते भएका छन्’, प्रमुख सुवेदीले भनिन, ‘दुई तिहाइ कैद सजाय भोगि सकेका कैदीहरूले बाहिर बस्न पाउने सुविधाका लागि निवेदन दिँदा नाइकेहरूले रकम लिने गरेको कैदीबन्दीको आरोप छ।’
उनका अनुसार सामान्य घाइते भएका आठै जनाको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
कारागार प्रमुख सुवेदीले भने चिसो समयमा पाउने कैदीबन्दीहरूले सुविधा पाइसकेको बताइन। ‘चिसोको समयमा पाउने न्यानो कपडाको सुविधा पाइसक्नु भएको छ’, उनले भनिन, ‘कैदीबन्दीहरूले पाउने अन्य सुविधामा नाइकेहरूले आर्थिक चलखेल गरेको भन्ने छ।’ अहिले कारागारमा थप प्रहरी परिचालन गरिएको छ।
प्रतिक्रिया दिनुहोस !