फ्रोजन सोल्डरको पीडा

फ्रोजन सोल्डरको पीडा

  • निजी अफिसमा  कार्यरत ५२  वर्षीय गोपाल भण्डारीलाई फ्रोजन सोल्डरको समस्याले पिरोलेको छ । काँधको दुखाइ सामान्य सम्झेर सुरुमा त बेवास्ता गरे । अहिले ज्याकेट लगाउन, कपाल कोर्न र हात माथि उठाउँदासमेत दुखाइ महसुस हुन्छ । भण्डारी भन्छन्, ‘हात माथि उठाउन र पछाडि लैजान समेत नबन्ने भयो ।’
  • मालपोत कार्यालयका कार्यरत एक सरकारी कर्मचारी मोटरसाइकल चलाउँदै अफिस जाने क्रममा भुइँमा  लडे । उनलाई हात चलाउनै गाह्रो भइरहेको छ । उनी भन्छन्, ‘ज्याकेट लगाउन, पछाडितिर हात लैजान गाह्रो भएको छ । सबैभन्दा अप्ठ्यारो त शौच गरिसकेपछि स्प्रे चलाउँदै सरसफाइ गर्नसमेत अप्ठेरो भइरहेको छ ।’

ooo

भण्डारी र अर्का सरकारी कर्मचारीलाई भएको समस्या हो– काँध दुखाइ (फ्रोजन सोल्डर) । फ्रोजन सोल्डरलाई चिकित्सकीय भाषामा एड्हेसिभ क्याप्सुलाइटिस भनिन्छ । फ्रोजन सोल्डर सामान्य काँध दुखाइजस्तो लागे पनि बेवास्ता गरियो भने हात नै चलाउन नसक्ने स्तरसम्म पुग्न सक्छ । लामो समय हात नउठ्ने, राति सुत्दा झनै दुख्ने, कपडा लगाउन, उतार्न कठिन हुनेजस्ता लक्षणले कतिपयको दैनिक क्रियाकलाप नै दिक्कलाग्दो भइरहेको छ ।

फ्रोजन सोल्डर हुँदा काँधको जोर्नी (ज्वाइन्ट) वरिपरि रहेको क्याप्सुल बाक्लिँदै जान्छ । र, कडा बन्दै जान्छ । त्यसले हातको गति सीमित हुन पुग्छ । खासगरी माथि उठाउन, पछाडि लैजान र बाहिर फैलाउन पनि अप्ठेरो महसुस हुन्छ । फ्रोजन सोल्डरको तीन चरण हुन्छ । पहिलो चरण (पेनफुल स्टेज) मा दुखाइ महसुस हुन्छ । हात चलाउँदा झन् दुखाइ बढ्छ । निद्रामा समेत बाधा पुर्‍याउँछ ।  त्यसपछि दोस्रोचरण (स्टिफ स्टेज) कडापन देखा पर्छ । आफ्नो दैनिकी कामकाज गर्नसमेत अप्ठेरो पर्छ । तेस्रो चरण (रिकभरि स्टेज)मा कडापन विस्तारै कम हुन थाल्छ । हातको चलायमान क्षमता विस्तारै फर्कन थाल्छ । 

फ्रोजन सोल्डरलाई सामान्यतया अस्थायी समस्या मानिन्छ । शारीरिक अभ्यासले  समयसँगै काँध फेरि बिस्तारै खुकुलो हुँदै जान्छ । तर, यसले पूरा रूपमा राम्रो हुन केही महिनादेखि केही वर्ष लाग्न सक्छ । तर कतिपय  व्यक्तिमा लामो समयसम्म असहज  भइरहन पनि सक्छ । 

४० वर्षदेखि ६० वर्षको उमेरसमूहका व्यक्तिमा फ्रोजन सोल्डरको समस्याले बढी पिरोलेको पाइन्छ । फ्रोजन सोल्डर  हुँदा कपाल कोर्न, ज्याकेट लगाउन, पाइन्टको पछाडिको पकेटबाट पर्स निकाल्न, लुगा धुन, शौचपछि सरसफाइ गर्न र नुहाउनसमेत अप्ठेरो हुन सक्छ । 

बल र सकेटको ज्वाइन्ट नै काँध हो । हात चलाउँदा टाइट महसुस हुन्छ । त्यसपछि हात माथि उठाउन, ज्याकेट लगाउन वा पछाडि ढाडतिर लैजान पनि सक्ने हुन्छ । दैनिक काम गर्न कठिनाइ हुन्छ । यसका लागि नियमित फिजियोथेरापी गर्दा धेरै लाभ पुग्छ । फिजियोथेरापिस्टको परामर्शमा नियमित स्टेचिङयुक्त कसरत  गर्न सकिन्छ । फिजियोथेरापी नगरे निको हुन लामो समय लाग्ने हुन्छ ।

(रञ्जित, वरिष्ठ फिजियोथेरापिस्ट, हेल्पिङ ह्यान्डस सामुदायिक अस्पतालको फिजियोथेरापी विभागका इन्चार्ज हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.