प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच के भयो कुराकानी?

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच के भयो कुराकानी?

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच दुई घन्टा बढी छलफल भएको हो।

भेटमा समसामयिक राजनीति र निर्वाचनका विषयमा छलफल भएको रास्वपा नेतृ सोविता गौतमले जानकारी दिइन्।

उनका अनुसार रास्वपाले निर्धारित मितिमै प्रतिनिधि सभा निर्वाचन गराउन सरकारसँग माग गरेको थियो। जेनजी आन्दोलनले नयाँ जनादेश खोजेको बताउँदै रास्वपाले कुनै पनि हालतमा चुनावको निर्धारित मिति सार्न नहुने अडान लिएको थियो।

त्यस्तै बैठकमा जेनजीसँग भएको सम्झौता कार्यान्वयन, जेनजीहरूले उठाउँदै आएका मागहरू सम्बोधन गर्ने विषयमा पनि छलफल भएको उनले बताइन्। निर्वाचनमा उम्मेदवार बन्न अहिले २५ वर्ष पुग्नुपर्ने र जेनजी युवाहरूले त्यसलाई सच्याउनुपर्ने मागका सम्बन्धमा पनि आफूहरूले कुरा उठाएको उनले बताइन्। निर्वाचनमा उम्मेदवार बन्न २१ वा १८ वर्ष पनि कायम गर्ने सकिने आफूहरूले बताएको उनको भनाइ छ। 

त्यस्तै सरकारका प्रवक्ता जगदिश खरेलले रास्वपाका सभापति लामिछानेसहितका पदाधिकारीसँग निर्वाचनका विषयमा छलफल भएको बताए। उनले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र निर्वाचनको तयारीका विषयमा पनि जानकारी गराएको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.