रास्वपाको दस्तावेजमा लोकतन्त्रको आधार हल्लाउने गन्ध आइरहेको छ : सांसद दुलाल

रास्वपाको दस्तावेजमा लोकतन्त्रको आधार हल्लाउने गन्ध आइरहेको छ : सांसद दुलाल
सुन्नुहोस्

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रास्वपा महाधिवशेनबाट पारित केहि दस्तावेजले लोकतन्त्रको आधारलाई कमजोर बनाउने खतरा रहेको टिप्पणी गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपाको महाधिवशेनमा छलफल नभइ पारित भएको भनिएको केहि दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको टिप्पणी गरेका हुन् ।

लोकप्रियताको घुम्टोले जितेको शक्तिले गणतन्त्रको संरचनालाई जिस्काई–जिस्काई कपट र षड्यन्त्रप्रति नेकपा गम्भीर र सचेत रहेको उनले बताए । दुलालले निर्वाचनका क्रममा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउँछु भन्ने रास्वपाले जनताको मत पाएपछि अहिले तिनै संरचनालाई खारेज गर्छु भन्नु जनतामाथिको बेइमानी र धोका भएको बताए ।

उनले अहिले बिपक्षी बेन्चमा रहेकाहरु आगामी दिनमा फेरी सत्तापक्ष बेन्चमा आउनसक्ने भन्दै सत्तारुढ दलले यसलाई हेक्का राख्नुपर्ने धारणा राखे । आफूहरु एकताबद्ध भएर नवीन विचार, नेतृत्व र पहलकदमीसहित अघि बढ्ने भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्ध कुनै पनि कार्यको डटेर सामना गर्ने स्पष्ट पारेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.