प्रधानमन्त्री संसदमा जवाफ होइन, पार्टीको मञ्चबाट प्रतिक्रिया दिन रुचाउनु हुन्छ : रेनुका काउचा
काठमाडौं : नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले आफूहरुले प्रधानमन्त्रीलाई संसदमा अप्ठ्यारो पार्नका लागि नखोजेको बताएकी छिन् ।
प्रतिनिधिसभाको आइतबारको बैठक सुरु हुना साथ बोल्दै सांसद काउचाले विपक्षी दलहरुले प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्न नभई जवाफदेही बनाउन संसदमा खोजेको बताएकी छिन् ।
प्रधानमन्त्रीले संसदबाट लिएको नेपाल–भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिपछि प्रतिपक्षी दलहरुले पटक–पटक स्पष्ट जवाफ माग गर्दै आइरहेको बताइन् । उनले आफूहरुको उद्देश्य प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने भन्दा संसदको रेकर्डलाई सच्याएर देश र जनताको हित, कुटनीतिक मर्यादा र प्रधानमन्त्रीको बचाउन खोजेको बताइन् ।
उनले तर प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिनु भन्दा आफ्नो पार्टीको महाधिवेशनको मञ्चबाट प्रतिक्रिया दिन रुचाएको बताइन् । आजकै बैठक सुरु हुने वित्तिकै विपक्षी सांसद उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सांसद काउचालाई बोल्नका लागि समय दिएका थिए ।
प्रतिक्रिया दिनुहोस !