शीतलहरले बुटवलमा तीन दिन विद्यालय बन्द
बुटवल : केही दिनदेखि बाक्लो हुस्सु र शीतलहर बढेपछि बुटवल उपमहानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको। बुधबार सूचना जारी गर्दै नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए। पुस ११, १३ र १४ गते विद्यालय बन्द गर्ने निर्णय भएको पाण्डेले बताए।
बुटवल उपमहानगरपालिकाभित्र सामुदायिक र संस्थागत गरी कूल १ सय ३ वटा विद्यालयहरू सञ्चालनमा छन्। हजारौं विद्यार्थीहरू अध्ययनरत छन्। विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय भएको पाण्डेले बताए।
प्रतिक्रिया दिनुहोस !