ट्रकको ठक्करबाट नवलपुरमा मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट नवलपुरमा मोटरसाइकल चालकको मृत्यु

नवलपुर : नवलपुरको देवचुली नगरपालिका-१६ रजहरस्थित पूर्व-पश्चिम राजमार्गमा भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। घटनामा परी अर्का एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।

बुधबार अपरान्ह चितवनबाट कावासोतीतर्फ आउँदै गरेको UP80FT3525 नम्बरको भारतीय ट्रकले सोही दिशाबाट आउँदै गरेको ना२१प ४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक लमजुङ जिल्लाको क्व्होलासोथर गाउँपालिका-३ निवासी ५७ वर्षीय रस बहादुर गुरुङको उपचारको क्रममा देवचुली नगर अस्पतालमा मृत्यु भएको हो।

त्यस्तै मोटरसाइकलको पछाडि सवार नवलपुरको कावासोती नगरपालिका-५ निवासी २२ वर्षीया हेमा गुरुङ दुवै खुट्टा र टाउकोमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ। उनको पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न भारतीय ट्रक र ट्रक चालक भारत उत्तर प्रदेशको इस्लामपुर, इस्लामनगर अनिवोट सम्धिन, क्रनौज बस्ने ३५ वर्षीय हसरुद्दिन खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.