रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच वार्ता जारी
काठमाडौं : रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबिच वान टु वान वार्ता जारी रहेको छ। ललितपुरको कुपण्डोलको एक निजी घरमा उनीहरुबीच वार्ता जारी रहेको हो।
निर्वाचनको मिति नजिकै रहेको र दलहरुले समानुपातिक सूची बुझाउने समय भएकाले उनीहरुबीच छलफल बाक्लो बनेको हो। यस अगाडि पनि दुई जनाबिच छलफल भएको थियो।
सहकारीको बचत ठगी मुद्दामा मुछिएका लामिछाने धरौटी बुझाएर छुटेलगत्तै राजनीतिक भेटघाट सक्रिय बनाएका छन्। यता बालेन आफैं दल खोलेर अगाडि बढ्ने कि अन्यसँग सहकार्य गर्ने भन्ने छलफलमा रहेको स्रोतको भनाई छ।
प्रतिक्रिया दिनुहोस !