यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं : सरकारले नेपाल नागरिकता चौथो संसोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलले गृह मन्त्रालय अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए। 

त्यस्तै सरकारले वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकहरूले नेपाल आएको बखत रेसीडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेस गरेको खण्डमा श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

त्यस्तै नेपाल सरकार र मित्रराष्ट्र जापान सरकारबीच जापान इन्टरनेशनल ट्रेडिङ कोअपर्रेसन अर्गनाइजेसन जितको अन्तर्गत जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धी निर्देशिका २०६६ खारेज गर्ने निर्णयसमेत भएको प्रवक्ता खरेल बताए। त्यस्तै सरकारले मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिव कमल प्रसाद भट्टराईलाई सरुवा गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.