बाँझो जग्गामा सामूहिक खेती

बाँझो जग्गामा सामूहिक खेती

दोलखा : दोलखाको भीमेश्वर नगरपालिका–२ मा वर्षौंदेखि बाँझो अवस्थामा रहेका जग्गामा युवाले सामूहिक खेती सुरु गरेका छन्। सिँचाइको अभाव, युवाको पलायन र बढ्दो बेरोजगारीका कारण प्रयोगविहीन बनेका खेतीयोग्य जमिनलाई पुनः उत्पादनमा ल्याउने उद्देश्यसहित युवाहरू एकजुट भएर अभियानमा लागेका हुन्। स्थानीय क्षेत्रमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि युवाहरू दैनिक ज्यालामजदुरीको खोजीमा भौतारिनुपर्ने अवस्थालाई बदल्नुपर्ने निष्कर्षसहित आफ्नो ठाउँ, आफ्नै श्रम र आफ्नै सम्भावनाको खोजीबाट सामूहिक खेतीको सुरुवात गरिएको जन व्दाल्खा जिन दकेई समूहले जनाएको छ। 

धेरै युवामा ‘यहाँ केही हुँदैन’ भन्ने निराशावादी सोच हाबी हुँदै गएको छ। ‘आफूभित्र के छ, आफ्नै ठाउँमा के सम्भावना छ भन्ने खोजी नगरी अरूले गर्दैनन् भन्ने मानसिकताले युवालाई पछाडि धकेलेको छ, त्यसैले अरूलाई दोष दिने होइन, आफैं गरेर देखाउनुपर्छ भन्ने सोचका साथ सामूहिक खेती सुरु गरेको सक्रिय युवा अभियन्ता अजय प्रधानले बताए।

वडा नं. २ का तल्लो टोलका अधिकांश जमिन सिँचाइको अभावमा बाँझो रहेका छन्। यस समस्याको दीर्घकालीन समाधानका लागि युवाहरूले पुराना, पौराणिक सिँचाइ कुलाहरूको खोजी गर्दै जन श्रमदानमार्फत पुनः सञ्चालनमा ल्याएका छन्। कुलो पुनर्स्थापनापछि वडाध्यक्षको रोहबरमा बाँझो जमिनधनीहरूसँग छलफल गरी सहमतिका आधारमा सामूहिक खेती सुरु गरिएको युवा अभियान्त अजय प्रधानले बताए। 

सामूहिक खेती अभियानको मुख्य उद्देश्य बाँझो जमिनको उपयोग गर्नुका साथै कृषि पेसाप्रति युवाको आकर्षण बढाउनु रहेको जन व्दाल्खा जिन दकेई समूहका संयोजक नरेन्द्र श्रेष्ठको भनाइ छ। ‘सामूहिक खेतीमार्फत सबैको ध्यान कृषि क्षेत्रतर्फ आकर्षित गराउने र कसैले पनि आफ्नो जमिन बाँझो नराखोस् भन्ने हाम्रो लक्ष्य हो’, उनले थपे। यस अभियानमा वैज्ञानिक र व्यवस्थित खेतीलाई प्राथमिकता दिइएको छ। कृषि प्राविधिकको सहयोगमा माटो परीक्षण गराई उपयुक्त बाली छनोट गरेर खेती सुरु गरिएको जन व्दाल्खा जिन दकेईका सचिव शिवजी प्रधानले बताए। 

जनश्रमदानबाट सिँचाइको व्यवस्था मिलाएर, प्राविधिकको सल्लाहअनुसार खेती सुरु गरिएको र यसले उत्पादन बढाउनुका साथै युवालाई कृषि पेसाप्रति आकर्षित गर्न सहयोग पुर्‍याउने विश्वास पनि उनको छ। स्थानीय युवाहरूको यो पहलले बाँझो जमिनको सदुपयोग, स्थानीय स्तरमै रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ सकारात्मक सन्देश दिएको छ। युवाहरूको सक्रियताले अन्य वडामा पनि सामूहिक खेती अभियान विस्तार हुन सक्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.