सिद्धान्तहीन एकता झन् बढी खतरनाकः प्रेम सुवाल

सिद्धान्तहीन एकता झन् बढी खतरनाकः प्रेम सुवाल

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले सिद्धान्तहीन एकता झन् बढी खतरनाक रहेको बताएका छन्। नेपाल इँटा उद्योग व्यवसायी संघ लिवाली भक्तपुरको बुधबार भएको ३० औं साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 

फागुन २१ को चुनाव नजिकिएसँगै राजनीतिक दलहरूबीच भइरहेको धमाधम एकताको संकेत गर्दै विशेष गरेर अन्य एकता भन्दा बढी सिद्धान्त, विचार केही नमिले पनि स्वार्थकै लागि मात्रै एकता हुनु झन् बढी खतरा रहेको उनले बताएका हुन्। नेपाली राजनीतिमा पछिल्लो समय देखिँदै आएको दलहरू बीचको अस्वाभाविक एकताप्रति चिन्ता गर्दै उनले भने, यसले देशलाई कुन अवस्थामा पुर्‍याउने हो, अहिले भन्न नसकिने भएको छ। विशेष गरेर रवि, बालेन, कुलमानको एकताप्रति संकेत गर्दै उनले भने, स्पष्ट सिद्धान्त, विचार र कार्यक्रम बिनाको एकता लोकतन्त्रका लागि दीर्घकालीन रूपमा झन् बढी खतरनाक बन्न सक्छ।

सत्ता प्राप्ति, सरकार टिकाउने वा चुनावी फाइदाका लागि गरिने दलगत एकताले तत्कालीन लाभ त दिन सक्छ, तर यसले राजनीतिक संस्कारलाई कमजोर बनाउँदै लैजाने उनको ठम्याइ छ। विगतका उदाहरणहरू हेर्दा, विचार र नीतिभन्दा पद र शक्तिलाई प्राथमिकता दिने एकताले सरकार अस्थिर बनाएको मात्र होइन, जनतामा राजनीतिक वितृष्णा समेत बढाएको देखिन्छ, उनले भने।

‘एकता आफैंमा गलत होइन, तर त्यो साझा सिद्धान्त, न्यूनतम् साझा कार्यक्रम र दीर्घकालीन लक्ष्यमा आधारित हुनुपर्छ,’ उनले भने। केवल चुनाव जित्नकै लागि गरिएको एकताले अन्ततः पार्टीभित्र र बाहिर दुवै ठाउँमा टकराब निम्त्याउने उनको विश्लेषण छ। हालैका राजनीतिक घटनाक्रमले पनि सिद्धान्तभन्दा चुनाव केन्द्रित गठबन्धन कति चाँडै भत्किन सक्छ भन्ने उदाहरण छिटै देखिने उनको भनाई छ। आफूलाई मै हुँ भन्ने दलहरू पनि चुनावदेखि डराएर धमाधम एकतामा बाँधिएको उनको भनाई छ। यसकारण चुनाव जित्नकै लागि एकता नगर्न उनले सल्लाह दिए। स्पष्ट विचार, नीति र जनमुखी कार्यक्रमको आधारमा मात्र एकताको अभ्यास गर्नुपर्ने धारणा उनले व्यक्त गरे। राजनीतिक दलहरू समयमै सचेत नहुने हो भने सिद्धान्तविहीन एकताले मुलुकलाई थप अन्योल र अस्थिरतामा धकेल्ने खतरा कायमै रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.