प्रदूषण नियन्त्रणमा सहकार्य

प्रदूषण नियन्त्रणमा सहकार्य

लामखुट्टे, मुसा र परजीवीहरू घरभित्र छिरी जैविक प्रदूषण गर्छन्। मोबाइल टेलिफोन बज्दा निस्कने सामान्य ८० डेसिवलभन्दा वा ९० डेसिवलभन्दा बढी तीव्रताको घण्टी, फलफूल पकाउन प्रयोग गरिने रसायन, फलफूल लामो समयसम्म राख्न प्रयोग गरिने प्रिजर्भेेटिभ आदिले पनि स्वास्थ्यमा क्षति पुर्‍याइरहेका छन्।

तापक्रम घटेसँगै चिसो बढेको छ। चिसोबाट जोगिन आगो ताप्ने क्रम बढेको छ। टायर, प्लास्टिक, सडक किनारमा थुपारिएका फोहोर सबै बालेर आगो तापेको देखिन्छ। जस्ले तत्काल त न्यानो हुन्छ तर उत्पन्न धुवाँले स्वास्थ्यमा तत्कालै तथा वातावरणमा दीर्घकालीन नकारात्मक असर गर्छ। त्यसैमा प्लास्टिक, टायर बाल्दा कार्बन मोनो डाइअक्साइड, प्युरेन, डाइअक्सनले क्यान्सरसम्म गराउन सक्छन्। 

वायु प्रदूषणले तत्काल सामान्य टाउको दुख्ने, आँखा, नाक, कान घाँटी र श्वासप्रश्वासमा असर र दीर्घकालमा मुटु, मस्तिष्कघात, फोक्सोको क्यान्सर, दम र प्रजनन क्षमतामा ह्रास गराउँछ। उच्च वायु प्रदूषणले विशेषगरी मुटु, दमलगायतका दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका, नवजात शिशु, गर्भवतीलगायतमा गम्भीर असर पर्न सक्छ। नाइट्रोजन अक्साइडले मस्तिष्कघात, रुघाखोकी, छाला तथा घाँटीको एलर्जी, श्वासप्रश्वास प्रणालीको संक्रमण तथा रोगहरू, शुक्रकिट उत्पादन र क्षमतामा कमी,प्रजनन क्षमतामा कमी ल्याउँछ। 

जाडोमा शरीर तताउन मद्यपानलाई सजिलो विकल्प ठानी मातेर राति ढलेकाहरू भोलिपल्ट बिहान नउठ्ने जोखिम उत्तिकै हुन्छ। स्वास्थ्यमा अल्प तथा दीर्घकालीन गरी दुई किसिमले असर पार्दछ। बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम, स्मरणशक्तिमा ह्रास, खाना नरुच्नेजस्ता समस्या आउँछ। गर्भमा रहेको शिशुमा कम तौल भएका बच्चा जन्मने खतरा हुन्छ। एलर्जी, नाक कान घाँटीको संक्रमण, खोकी, थकान, आ“खा सुक्खा, पोल्ने, रातो तथा लामो समयसम्म प्रदूषणमा भए ५० वर्ष नपुग्दै दम, मुटुको रक्तनली ब्लक, फोक्सोको क्यान्सर, पक्षघात र मस्तिष्कघातको खतरा बढ्छ। श्वासप्रश्वाससम्बन्धी समस्या, बिर्सनेजस्ता दीर्घकालीन रोग लाग्छ। 

सरकारको पछिल्लो विवरण हेर्ने हो भने नेपालमा वायु प्रदूषणका कारणले हुने मृत्युदरमा मस्तिष्कघात ३७, मुटुरोगबाट ३४ प्रतिशत, फोक्सोको क्यान्सरबाट हुने मृत्यृदर ३४ प्रतिशत र नवजात शिशु तथा बालबालिकामा हुने मृत्यृदर २२ प्रतिशत रहेको छ। बाँच्नका लागि नभई नहुने हावा विषाक्त भएपछि ज्यान लिने अवस्थामा पुगेको छ। उपत्यकामा बढ्दै गरेको प्रदूषणले भोलि स्वच्छ हावा तथा श्वास फेर्नका लागि क्लिन एयर ब्याग बोकेर हिँड्नपर्ने स्थितिको सिर्जना हुँदैछ। वायु प्रदूषण वातावरणीय मुद्दामा मात्र सीमित नभई मानव स्वास्थ्य जोखिमसँग जोडिएको विषय पनि हो। 

संवेदनशीलतालाई हेरेर सूचकांक ० देखि ५० सम्मलाई राम्रो अर्थात् ग्रिन सिग्नल हो। ५१ देखि १०० सम्म मध्यम अर्थात् होसियार रहनुपर्ने हुन्छ। १०१ देखि १५० सम्म अस्वस्थ अर्थात् श्वासप्रश्वास र मुटुरोगीलाई असर गर्ने हुन्छ। १५१ देखि २०० सम्म अस्वस्थ अर्थात् सबैलाई असर गर्ने हुन्छ। २०१ देखि ३०० सम्म धेरै अस्वस्थ बैजनी रंग मानिन्छ। सबैजनालाई असर गर्दछ। ३ सय १ देखि ४ सयलाई खतरनाक र ४ सय १ देखि ५ सयलाई धेरै खतरा मानिन्छ। ३ सयभन्दा माथिलाई मरुन रंग दिने गरिन्छ। तर उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ ले तीन सयभन्दा बढी एक्यूआईलाई विपद्का रूपमा लिएको छ। 

विश्वको एक चौथाइ जनसंख्याको बसोबास भएको दक्षिण एसियामा पर्ने चार वटा देश बंगलादेश, भारत, पाकिस्तान र नेपाल विश्वकै १० अति वायु प्रदूषित देशको सूचीमा परेका छन्। यस क्षेत्रमा बस्ने व्यक्तिको आयु करिब पाँच वर्षले घटेको अनुमान छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार घरबाहिर र भित्र हुने वायु प्रदूषणको कारण विश्वमा वार्षिक ७० लाख र नेपालमा ४२ हजार व्यक्तिको अल्पायुमै ज्यान जाने गरेको छ। उच्च रक्तचाप र धूमपानपछि विश्वमा मानव मृत्यृको तेस्रो अग्रणी कारण वायु प्रदूषण— मसिना धुलोका कण पीएम २ दशमलव ५ छ। 

पीएम १० सजिलै जमिनमा थिग्रिने र मानव स्वास्थ्यमा श्वासप्रश्वासबाट भित्र जाँदैन। वायु प्रदूषणले जमिनदेखि वायुमण्डलसम्म स्वास्थ्य, जलवायु, कृषिको उत्पादकत्व, नागरिक उड्डयन क्षेत्रलगायतमा प्रभावित पार्दछ। नेपाल विश्वका दुई ठुला र अति धेरै वायु प्रदूषण उत्सर्जन गर्ने मुलुकबीच अवस्थित छ। वायु प्रवाहको लागि कुन भिसा चाहिँदैन। सरकारले २०७६ मा पारित काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजनाले वायु प्रदूषण सूचकांक तीन सयभन्दा बढी भएको अवस्थालाई विपद् मान्न सकिने उल्लेख छ। जुन खतरनाक र आपत्कालीन अवस्था हो। नेपालमा हाल सूचीकृत विपद्ले भन्दा यस्ले बढी दैनिक एक सय बढी मृत्यृ हुन्छ। 

वातावरण संरक्षण ऐन, २०५३ को दफा २ अनुसार वातावरण भन्नाले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनीहरूबीचको अन्तक्र्रिया तथा अन्तरसम्बन्ध बुझ्नु पर्दछ। त्यसैगरी प्रदूषण भन्नाले वातावरण प्रत्यक्ष वा अप्रत्यक्ष रूपले परिवर्तन गरी वातावरणमा उल्लेखनीय ह्रास आई क्षति पुर्‍याउने वा वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानिनोक्सानी पुर्‍याउने क्रियाकलाप सम्झनु पर्दछ। 

त्यसैगरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा २ को (१२) अनुसार प्रदूषण भन्नाले सवारीबाट निस्कने ध्वनि वा धुवाँको प्रदूषण सम्झनु पर्दछ। सामान्यतया स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने तŒवलाई प्रदूषण भनिन्छ। 
 

घरभित्रको प्रदूषण झन् खतरनाक
 मट्टीतेलको प्रयोगले दम, क्षयरोग टीबी, कलेजो र फोक्सोको रोगहरू, उमेर नपुगी कपाल फुल्ने, टाउको दुख्ने, स्मरण शक्ति कम गर्ने, मोतियाबिन्दु, क्याटरयाक्ट, आ“खामा रहेको पानी कम हुने, आ“खा सुक्खा हुने र अन्ततः दृष्टिविहीनसम्म हुन सक्छ। तेल कम्पनीमा काम गर्नेहरूलाई र सहरी क्षेत्रका मट्टीतेलमा खाना पकाउने तथा एउटै कोठामा ५÷६ जना बस्नुपर्ने बाध्यता छ। यसले झन् स्वास्थ्यमा केही न केही समस्या भइरहन्छ। रोजगारी र प्रयोग बाध्यता भएकोले मानिसले सहने गर्छन् तर शरीरले सक्दैन। 

 अविकसित मुलुकहरूमा घरेलु प्रदूषण धेरै मात्रामा हुने गर्दछ। दाउरा गुइँठा बाल्दा, रंग रोगन गर्दा, चर्पी सफा गर्ने रसायन, हेयर डे«सर, रुम फ्रेसनर प्रयोग गर्दा, धूमपान गर्दा, शृंगार सामग्री प्रयोग गर्दा, भुइँमा ओछ्याइएको कार्पेट, रंगीन खानेकुरामा प्रयोग गरिएको रंग, पिजर्भेटिभहरूलगायत जीवाणु, कीटाणु, विषाणु, मुसा, जुम्रा, उपिया“, उडुसका कारणले वा ती नियन्त्रण गर्न प्रयोग गरिने कीटनाशक औषधि सबैले प्रदूषण निम्त्याइरहेका छन्। 

विश्वका करिब आधा जनसंख्याले खाना पकाउन दाउरा, गुइँठा, खर, परालजस्ता पदार्थहरू कुनै प्रविधि प्रयोग नगरी बालेर प्रयोग गर्छन्। कुनै प्रविधि प्रयोग नगरी सिधै बालिँदा कार्बन मोनोअक्साइड, कार्बन डाइअक्साइड, सल्फर डाइअक्साइड, नाइट्रस अक्साइडजस्ता हानिकारक ग्या“स निस्की घरभित्रको प्रदूषण बाहिरको भन्दा ११० गुणा बढी हुने गर्दछ। धुवा“ले प्रत्येक २० सेकेन्डमा एकजनाको मृत्यु गराउने गरेको वैज्ञानिक पुष्टि छ। भित्ता र फर्निचरमा लगाइने रंगमा मर्करी, लिडजस्ता धातु, भुइँमा ओछ्याइने ग्रेनाइटले र्‍याबडोन ग्यास निकाल्दछ। त्यसैगरी कार्पेट, प्लास्टिकमा कार्बोनिक यौगिकजस्ता अनगिन्ती सरसामानमा अनेकन रसायनहरू मिसिएका हुन्छन्। 

त्यसैगरी मनोरञ्जनका साधन र विद्युतीय उपकरणबाट विकीरण प्रदूषण गराउ“छ। इस्त्री, फ्रिज, टीभी, रेडियो, कम्प्युटर, बल्ब आदिले निकाल्ने विद्युतीय तरंगले संवेदनशील कोष र अंगलाई बिगारिदिने, प्रजनन शक्ति घटाउने गर्दछ। लामखुट्टे, मुसा र परजीवीहरू घरभित्र छिरी जैविक प्रदूषण गर्छन्। मोबाइल टेलिफोन बज्दा निस्कने सामान्य ८० डेसिवलभन्दा वा ९० डेसिवलभन्दा बढी तीव्रताको घण्टी, फलफूल पकाउन प्रयोग गरिने रसायन, फलफूल लामो समयसम्म राख्न प्रयोग गरिने प्रिजर्भेेटिभ आदिले पनि स्वास्थ्यमा क्षति पुर्‍याइरहेका छन्। 

अन्तमा, प्रदूषणका कारकहरूबारे सबैलाई जानकारी छ। त्यसैले घरभित्र तथा बाहिरको वायु प्रदूषण न्यूनीकरण गर्न सबै तह र तप्काबाट लाग्न जरुरी छ। सरकारको एक्लो प्रयासले मात्र प्रदूषण नियन्त्रण सम्भव हुँदैन।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.