डाक्टरको सल्लाहभन्दा बढी 'एस्पिरिन' किन सेवन गर्छन् ट्रम्प?

डाक्टरको सल्लाहभन्दा बढी 'एस्पिरिन' किन सेवन गर्छन् ट्रम्प?

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वास्थ्य अवस्थाबारे दिएको एक अन्तर्वार्तामा डाक्टरहरूको सल्लाहभन्दा बढी एस्पिरिन सेवन गर्ने र हातमा देखिने नीलडाम लुकाउन मेकअप प्रयोग गर्ने गरेको बताएका छन्।

‘द वल स्ट्रिट जर्नल’सँगको अन्तर्वार्तामा ट्रम्पले आफू नियमित रूपमा कसरत नगर्ने पनि स्वीकार गरेका छन्। ट्रम्पले अक्टुबर महिनामा आफूले सीटी स्क्यान गराएको जानकारी पनि दिएका छन्। यसअघि उनले पत्रकारहरूसँग भुलवश आफूले  एमआरआई स्क्यान गराएको बताएका थिए।

७९ वर्षीय ट्रम्प अमेरिकी इतिहासमा शपथ लिने सबैभन्दा वृद्ध राष्ट्रपति हुन्। पछिल्लो समय उनीमा उमेरसँग सम्बन्धित केही लक्षण देखिन थालेको उल्लेख गरिएको छ। विभिन्न अवसरमा उनी बैठकका क्रममा निदाएको देखिनुका साथै प्रश्नहरू स्पष्ट रूपमा नसुन्ने अवस्थामा पनि देखिएका छन्।

जर्नलका अनुसार ट्रम्पले 'आफ्नो स्वास्थ्यलाई लिएर भइरहेको सार्वजनिक बहसप्रति असन्तुष्टि' व्यक्त गरेका छन्। यद्यपि उनले उक्त बहसलाई 'पूर्ण रूपमा उचित' भनेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.