मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

विराटनगर : मोरङको सुन्दरहरैँचामा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सुन्दरहरैँचा नगरपालिका–६ चन्द्रसूर्य टोल रिङरोडस्थित भित्री सडक खण्डमा साँझ ६:३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। गछियाबाट चन्द्रसूर्य टोलतर्फ जाँदै गरेको को ३४ प ६४५४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीवन गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। उक्त दुर्घटनामा मोटरसाइकल चालक तेह्रथुमको लालीगुराँस नगरपालिका–५ का अन्दाजी २५ वर्षीय सुभाष श्रेष्ठको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए।
उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन्। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.