प्रचण्ड नयाँ दिल्ली प्रस्थान

प्रचण्ड नयाँ दिल्ली प्रस्थान
फाइल तस्बिर

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' भारत प्रस्थान गरेका छन्। उनी नेपाल एयरलायन्सको विमानबाट आइतबार अपरान्ह छोरी गंगा दाहाललाई लिएर भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुने 'एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम'मा सहभागी हुन प्रचण्ड भारत गएका हुन्। सोमबार लाजपत भवन अडिटोरियम लाजपत नगरमा हुने कार्यक्रममा उनी सहभागी बन्नेछन्। नेपाली समुदायका साझा सरोकार, नेपाल-भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश प्रदान गरिने नेपाली समाज भारतका महासचिव आरबी खड़काले जानकारी दिए। 

भारत जानुअघि संयोजक प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। आइतबार बिहान ललितपुरको मानभवनस्थित व्यवसायी शारदा अधिकारीको घरमा उनीहरूबीच भेटवार्ता भएको उच्च स्रोतले बताएको छ। अधिकारी प्रचण्डका विश्वासिला र नजिकका व्यवसायी हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.