सुरक्षा समितिको बैठकले के गर्यो निर्णय?
काठमाडौं : केन्द्रीय सुरक्षा समितिको बैठके निर्वाचनको सम्बन्धमा सुरक्षा निकायहरूले गरेका अन्तिम तयारीबारे जानकारी लिने निर्णय गरेको छ। सिंहदरबारमा आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले निर्वाचनको सन्दर्भमा सुरक्षा निकायहरूले अहिलेसम्ममा गरेका तयारी र त्यस सम्बन्धमा मन्त्रालयले गर्नुपर्ने समन्वयको विषयमा छलफल भएको गृह मन्त्रालयल जानकारी दिएको छ।
त्यस्तै जेनजी आन्दोलनपछि फरार रहेका कैदी बन्दीहरूको पक्राउ गर्ने अभियानलाई अझ बढी तदारुकता प्रदान गर्दै सुरक्षा निकायहरूको विशेष ओपरेशनलाई थप क्रियाशीलता दिनेबारेमा पनि छलफल भएको गृहको भनाइ छ।
त्यस्तै विभिन्न धार्मिक समुदायहरू र एक अर्काका धर्मबीच लक्षित गरेर सामाजिक सञ्जालमा गलत र भ्रामक टिप्पणी गर्ने र अर्काको धर्ममा खलल पुर्याएका घटनाका विषयमा पनि बैठकमा छलफल भएको थियो। केही धार्मिक सहिष्णुतामा खलल पुर्याउन खोज्ने व्यक्ति वा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउने निर्णय भएको र स्थानीय प्रशासनहरूले समन्वयात्मक भूमिका खेल्दै स्थितिलाई थप बिग्रन नदिन भूमिका खेल्नुपर्ने निर्ण भएको गृहले जनाएको छ।
त्यस्तै धार्मिक गतिविधिबारे विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालमा मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायसहितको एउटा बैठक बस्ने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस !